विराटनगरका राजिव जैनले जिते ‘को बन्छ करोडपति’बाट एक करोड रुपैयाँ
वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:०४
969
sharesकाठमाडौं: एपी वान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन शो ‘को बन्छ करोडपति’ मा विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेका छन् ।
शनिबार र आइतबार प्रसारण गरिएको शोमा उनले १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको ‘को बन्छ करोडपति’को ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् ।
अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए । नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको ‘को बन्छ करोडपति’मा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन् ।
२००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो भन्ने १५ औं तथा अन्तिम प्रश्नको वि.सं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।
वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:०४