काठमाडौं रेजर्स एफसीलाई पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि
वि.सं.२०७८ जेठ १ शनिवार १९:५२
2.2K
shares
काठमाडौं: नेपालमा जारी पहिलो फ्रेन्चाईज पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ ।
आज भएको उपाधिको फाइनल खेलमा धनगढी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि हात पार्न सफल भएको हो ।
काठमाडौंलाई उपाधि दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।
मेसौकेले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यससँगै मेसौकेले लिगमा आफ्नो आठौं गोल पूरा गरेका छन् ।
उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।
उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझाएको छ ।
वि.सं.२०७८ जेठ १ शनिवार १९:५२




















