जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दै
वि.सं.२०७८ वैशाख ९ बिहीवार ०९:५५
1.4K
shares
काठमाडौं: नेपालमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १:१५ बजे सुरु हुनेछ ।
मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सहज जितको खोजीमा हुनेछ । पहिलो भेटमा ९ विकेटको जित निकालेको नेपाल उच्च आत्मबलका साथ मैदान उत्रँदैछ ।
नेपाल मलेसियालाई हराएर शीर्ष स्थानमा रहदै फाइनल पुग्न चाहन्छ ।
नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । तर, मलेसियालाई हराएर नेपाल शीर्ष स्थानमा रहेर फाइनल खेल्नेछ ।
सिरिजको फाइनलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।
नेदरल्यान्ड्स पनि फाइनल पुगिसकेको छ ।
मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार ०९:५५


















