Rajshow Bivag

स्वास्थ्य मापदण्ड सहितका नियम उल्लङ्घन गरे कारबाही हुने

Departmant of helth services

काठमाडौं: कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड सहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ ।

 

सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ ।

 

गृह मन्त्रालयले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

 

घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

 

सरकारले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका काठमाडौं उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गरिसकेको छ ।

 

यस्तै सिनेमा हल, दोहोरी साँझ, हेल्थ क्लब, जिमखाना, फुटसल, स्विमिङ पुलसहित मानिसको भिडभाड धेरै हुने ठाउँ पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । साथै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायतका कार्यमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइनेछ । सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका क्रियाकलाप अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

 

होटल तथा रेस्टुरेन्ट बिहान आठ देखि राति आठ बजेसम्म मात्रै खोल्न पाइनेछ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजर राख्नुपर्ने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ ।

 

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउनेछन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

 

तर यी नियम कार्यान्वयन नभएको गुनासो बढेपछि सरकारले अनिवार्य नियम पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

आज ३१औँ  विश्व प्रेस स्वतन्त्रता दिवस, विविध कार्यक्रम गरी मनाईदै

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:५६

  काठमाडौं: आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि...

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...