YouTube Link

स्वास्थ्य मापदण्ड सहितका नियम उल्लङ्घन गरे कारबाही हुने

Facebook Link

काठमाडौं: कोरोना भाइरस सङ्क्रमणबाट बच्नका लागि स्वास्थ्य मापदण्ड सहितका सबै नियम पालना गर्न सरकारले अनुरोध गरेको छ ।

 

सरकारले जारी गरेको आदेश पालना नगरे कारबाही हुने गृह मन्त्रालयले सचेत पनि गरेको छ ।

 

गृह मन्त्रालयले कोरोनाको सङ्क्रमण डरलाग्दो रूपमा बढ्न थालेकाले सरकारले जारी गरेका नियम र मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

 

घरबाहिर निस्कँदा मास्क लगाउने, विवाह, भोजभतेर र सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी जम्मा हुन नपाइने, सार्वजनिक ठाउँमा क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगायतका नियम पालना नगरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।

 

सरकारले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिममा रहेका काठमाडौं उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्ज लगायत सहरी क्षेत्रका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनको निर्णय गरिसकेको छ ।

 

यस्तै सिनेमा हल, दोहोरी साँझ, हेल्थ क्लब, जिमखाना, फुटसल, स्विमिङ पुलसहित मानिसको भिडभाड धेरै हुने ठाउँ पनि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ । साथै मेला, महोत्सव, जात्रा, पर्व, विवाह, मृत्यु संस्कार लगायतका कार्यमा बढीमा २५ जना मात्रै सहभागी हुन पाइनेछ । सभा, सम्मेलन, तालिम, गोष्ठी लगायतका क्रियाकलाप अनलाइन माध्यमबाट गर्नुपर्नेछ ।

 

होटल तथा रेस्टुरेन्ट बिहान आठ देखि राति आठ बजेसम्म मात्रै खोल्न पाइनेछ । सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, स्यानिटाइजर राख्नुपर्ने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने नियम छ ।

 

लामो दूरीमा चल्ने गाडीले सिधै गन्तव्यको लागि मात्रै यात्रु चढाउन पाउनेछन्, बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । उनीहरूले गाडीमा यात्रुको जानकारी जिल्ला प्रशासन कार्यालयमा बुझाउनुपर्नेछ ।

 

तर यी नियम कार्यान्वयन नभएको गुनासो बढेपछि सरकारले अनिवार्य नियम पालना गर्न अनुरोध गर्दै उल्लङ्घन गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...