YouTube Link

९ विकेटसहित मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको अविजित अर्धशतक

Facebook Link

काठमाडौं: कुशल भूर्तेलको अविजित अर्धशतकमा नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२ दशमलव १ ओभरमा कुनै विकेट नगुमाइ १ सय १० रनको लक्ष्य पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशलले ४१ बलमा ३ चौका र ५ छक्कासहित अविजित ६१ रनको इनिङ खेले ।

यसै सिरिजमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका दुई खेलाडी कुशल र आशिफ शेखले १ सय २ रनको शतकीय साझेदारी गर्दै शानदार सुरुआत दिलाएका थिए ।

शनिबार भएको खेलमा डेब्यु गरेका आशिफले डेब्यू खेलमै अर्धशतक बनाएका थिए । आज मलेसियाविरुद्धको खेलमा ८ रनले अर्धशतक बनाउन चुकेका आशिफले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

वान् म्यान डाउनमा क्रिजमा उत्रिएको उप कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ६ रनको योगदान गरे ।

मलेसियाका लागि विरनद्वीप सिंहले १ विकेट लिनु बाहेक अन्य बलर असफल रहे ।

यसअघि मलेसियालाई १ सय ९ मा अल आउट गरेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए ।

त्यस्तै, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र साहब आलमले १/१ विकेट लिए ।

नेपालको कसिलो बलिङसामु टिक्न नसकेको मलेसियाले १ सय ६५ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनको योगफल तयार गर्‍यो ।

मलेसियाका लागि ओपनर साद अजिजले २४ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए ।

त्यस्तै, सार्भिन मुनियादीले २० तथा विकेटकिपर ब्याट्सम्यान शफिक सरिफले १५ रन जोडेका थिए ।

पहिलो खेलमा नेदरल्यान्ड्समाथि पनि ९ विकेटको फराकिलो जित निकालेको नेपालको यो लगातार दोस्रो शानदार जित हो ।

भोलि हुने खेलमा नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...