YouTube Link

थ्री नेसन्स कप अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै, नेपाली टोलीलाई बंगलादेशविरुद्ध जितको दबाब

Facebook Link

काठमाडौं: थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बंगलादेशसँग साँझ ५:३० बजे प्रतिस्पर्धा गर्नेछ ।

 

दशरथ रंगशालामा ६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोलीले विजयी सुरुवात गर्ने अपेक्षा थियो ।

 

तर, किर्गिस्तानको यू-२३ विरुद्ध बिहीबारको त्यो योजना सफल हुन सकेन ।

 

झन्डै आधा घन्टा १० खेलाडीमा सिमित रहेको पाहुला टोलीविरुद्ध नेपाली टोलीले जित दर्ता गर्न असफल रह्यो ।

 

रोहित चन्द, रञ्जित धिमाललगायतका केहि खेलाडीको प्रदर्शनलाई छाड्ने हो भने टोलीले सोचे जस्तो नत प्रदर्शन गर्न सक्यो न त नतिजाका निकाल्न सक्यो ।

 

नेपालले जस्तै बंगलादेशले पनि थ्री नेसन्स कपमा सिनियर टोलीलाई उतारेको छ ।

 

बंगलादेशसँग खेल्नुअघि नै नेपाल फाइनल पुग्ने अपेक्षा धेरैले गरेका थिए ।

 

आजको खेलमा बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

 

यद्दपी बंगलादेशविरुद्ध बराबरीले पनि नेपाल फाइनल पुग्नेछ । त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण रहेको छ ।

 

बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ ।

 

जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ ।

 

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो ।

 

नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

 

प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ ।

 

नेपालले १ खेलमा १ अंक जोडेको छ ।

 

किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।

 

किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ ।

 

नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।

 

राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

 

हेर्नुहोस् तपाईको आज २०७७ चैत १४ गते शनिबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...