इण्डियन प्रिमियर लिग क्रिकेटमा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०७:५३
753
sharesएजेन्सी: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै चेन्नई शीर्ष स्थान उक्लिएको हो ।
चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ८० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १६ ओभर २ बलमा अल आउट हुँदै ९९ रनमा समेटियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले ४४ तथा शिखर धवनले १९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । दिल्लीलाई सस्तैमा रोक्न चेन्नईका इमरान ताहिरले ४ विकेट लिए । यस्तै रबिन्द्र जडेजाले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । चेन्नईका लागि सुरेश रैनाले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान महेन्द्र सिंह धोनीले अविजित ४४ रन जोडे । जितसँगै चेन्नईले १३ खेलबाट १८ अंक जोडेको छ । दिल्लीलाई पछि पार्दै चेन्नई शीर्ष स्थानमा फर्किएको छ । जितपछि चेन्नईको क्वालिफायर पुग्ने सम्भावना बलियो बनेको छ । पराजित दिल्ली १३ खेलबाट १६ अंक जोडेर दोस्रो स्थानमा छ । दिल्ली प्ले अफमा यसअघि नै पुगिसकेको छ ।
वि.सं.२०७६ वैशाख १९ बिहीवार ०७:५३