YouTube Link

संयुक्त राष्ट्रसंघद्वारा जैश-ए-मोहम्मदका प्रमुख मसुद अजहर आतंकवादी घोषणा

Facebook Link

एजेन्सी: पाकिस्तानमा रहेर भारत प्रशासित क्षेत्र कश्मीरमा सक्रिय आतंकवादी संगठन जैश ए मोहम्मदका प्रमुख मौलाना मसुद अजहरलाई संयुक्त राष्ट्रसंघले आतंकवादी घोषणा गर्दै आतंककारीको सूचीमा राखेको छ ।

चीनले यसअघिको आफ्नो अडानलाई त्यागेर अजहरलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न आनाकानी गर्दै आएको थियो । तर अहिले चीन पनि उनलाई अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा राख्न सहमत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि गत फेब्रुअरी महिनामा फ्रान्स, बेलायत र अमेरिकाले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् अन्तर्गतको अल कायदा तथा इस्लामिक स्टेट नाकाबन्दी समितिमा मसुद अजहरलाई आतंककारीको सूचीमा राख्न गरेको प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो ।

अन्तर्राष्ट्रिय आतंककारीको सूचीमा परेपछि अब मसुद अजहरमाथि हतियार खरिदविक्री तथा यात्रामा प्रतिबन्ध लाग्नुका साथै उनको चलअचल सम्पत्ति पनि रोक्का हुनेछ । मसुद अजहरको आतंकवादी संगठन जैश–ए–मोहम्मदले गत फेब्रुअरी महिनामा ४० भन्दा धेरै भारतीय अर्धसैनिक मारिनेगरी भारतको प्रशासित कश्मीरको पुलावामामा आत्मघाती बम विष्फोट गराएको जिम्मा लिएको थियो । यो समूहको अन्तर्राष्ट्रिय आतंकवादी संगठन अल कायदासँग पनि साँठगाँठ रहेको बताइन्छ ।

सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एअरलाइन्सको विमान अपहरणकर्ताहरूको मागबमोजिम यात्रुहरूलाई सकुशल छाडिदिने शर्तमा भारतले रिहा गरेको मसूद अजहरले नै जैश ए मोहम्मद समूह गठन गरेका हुन् । त्यस्तै सन् २००१ को डिसेम्बरमा दिल्लीस्थित भारतको केन्द्रीय संसद्‌मा आक्रमण गरेको दोष समेत भारतले जैश-ए-मोहम्मदमाथि लगाउँदै आएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...