एएफसी कप फुटबल अन्तर्गत नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दीले भारतीय क्लब मिनेर्भा पन्जाबको सामना गर्दै
वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:१४
762
sharesकाठमाडौं: एएफसी कपको आफ्नो तेस्रो खेलमा आज नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले भारतीय क्लब मिनेर्भा पन्जाबको सामना गर्दैछ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने मनाङ र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।
समूह चरणका यसअघिका दुबै खेल गुमाएको मनाङ आजको खेल जित्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउने दाउमा हुनेछ । दुई खेल सकिदाँ कुनै अंक जोड्न नसकेको मनाङ आजको खेलमा बिना दबाब मैदान उत्रने र जितको खोजिमा हुने कप्तान बिराज महर्जनले बताएका छन् ।
मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पनि पन्जाबविरुद्ध दबाब रहित खेल्ने बताएका छन् । प्रतियोगिताको पहिलो खेलमा मनाङ बंगलादेशको अबहानी लिमिटेडसँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतको सुपर लिग च्याम्पियन चेन्नाईन एफसीसँग २-० ले हारेको थियो ।
वि.सं.२०७६ वैशाख १८ बुधवार ०९:१४