रियल मड्रिड रायो भालेकानोसँग १-० गोल अन्तरले पराजित
वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:२२
1.3K
shares
एजेन्सी: स्पेनिस लिग अन्तर्गत आईतबार राति भएको खेलमा रियल मड्रिड पुछारमा रहेको टोली रायो भालेकानोसंग १-० गोल अन्तरले पराजित भएको छ । रियललाई हराउन घरेलु मैदानमा एडरियन इम्बारबाले खेलको २३ औ मिनेटमा पेनाल्टीमा गोल गरे ।
पछिल्लो हारले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने रियल मड्रिडको गणितिय सम्भावना सकिएको छ । पछिल्लो हारसँगै तेस्रो स्थानमा रहेको रियलको ३५ खेलबाट ६५ अंक भएको छ । रियल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले पछाडी छ । लिगमा अब तीन चरणका खेल बाँकी छ ।
पछिल्लो जितले रेलिगेशन जोनमा रहेको भालेकानोले शीर्ष डिभिजनको लिगमा कायमै रहने सम्भावनालाई जिवितै राखेको छ । तालिकाको पुछारदेखि दोस्रोमा रहेको भालेकानोको ३१ अंक भएको छ ।
वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:२२




















