YouTube Link

शीर्षस्थानको बायर्न बराबरीमा रोकिएसँगै जर्मन बुन्डेस लिगाको उपाधि होड रोमान्चक बन्दै

Facebook Link

एजेन्सी: जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको बायर्न नर्नवर्गसँग १-१ गोलको बराबरीमा रोकिएको छ । शीर्षस्थानको बायर्न बराबरीमा रोकिएसँगै जर्मन बुन्डेस लिगाको उपाधि होड अझै खुला रहेको छ ।

बुन्डेस लिगाको तीन चरणको खेल बाँकी रहँदा शीर्षस्थानको बायर्न र बोरुसिया डर्टमन्डबीच २ अंकको मात्रै फरक छ । बायर्नको ३१ खेलबाट ७१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमन्ड ६९ अंक छ । बराबरीपछि नर्नवर्ग रेलिगेसन जोनको १७औं स्थानमा छ ।

घरेलु मैदानमा प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको शुरुमै नर्नवर्गले अग्रता लिन सफल भएको थियो । म्याथ्युज पेरेराले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५औं मिनेटमा सर्जि जिनाब्रीले बराबरी गोल फर्काए । घरेलु टोलीले खेलको इन्ज्युरी समयमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो । बायर्नका अलफान्सो डेभिसले जर्ज मार्गेटरलाई एलबो प्रहार गरेपछि रेफ्रीले नर्नवर्गलाई पेनाल्टीको मौका दिएको थियो । तर, पेनाल्टीमा टिम लेइवोल्ड चुके ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...