Health Ad
YouTube Link

इंग्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा, बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा

Khanepani Dhal
Facebook Link

काठमाडौं: इंग्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा पुगेको छ । लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो । जितसँगै सिटी लिभरपुललाई उछिन्दै शीर्षस्थानमा उक्लिएको छ ।

त्यसअघि लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई ३-० ले पराजित गरेको थियो । गोलरहित रहेको पहिलो हाफपछि लेस्टरले आर्सनललाई दबाबमा राख्दै दोस्रो हाफमा ३ गोल गर्यो । उसका लागि फरवार्ड जेमी भार्डीले २ तथा युरी टिलेमान्सले सुरुवाती गोल गरे ।

गएराती नै भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि शीर्ष चारमा पर्ने अभियानमा दुवै क्लबलाई धक्का लागेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा ११औँ मिनेटमा हुवाँ माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४३औँ मिनेटमा मार्कोस अलोन्सोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ । चौथो स्थानमा चेल्सीको ३६ खेलमा ६८ अंक जोडेको छ । पाँचौ स्थानमा आर्सनलको ३६ खेलमा ६६ र म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६५ अंक छ ।।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रमका झलकहरु

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:०६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

‘पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ सम्पन्न, ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकारहरुले जित अवार्ड

वि.सं.२०८२ वैशाख १४ आइतवार ११:४७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय...

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ बैशाख १३ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ वैशाख १३ शनिवार ०५:५०

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

शिक्षकको माग सम्बोधन गर्न सरकारलाई दबाब

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १६:४५

काठमाडौं: २४ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न सरकारलाई...

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

न्यूनतम पारिश्रमिकको माग राखेर चिकित्सकहरू आन्दोलित

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५१

काठमाडौं: न्यूनतम पारिश्रमिकको माग राखेर आन्दोलनरत चिकित्सकहरूले शुक्रबार माइतीघरदेखि नयाँ...