YouTube Link

इंग्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा, बर्नलीलाई हराउँदै म्यानचेस्टर सिटी फेरि शीर्ष स्थानमा

Facebook Link

काठमाडौं: इंग्लिस प्रिमियर लिग रोमाञ्चक मोडमा पुगेको छ । लिग अन्तर्गत आइतबारको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १-० ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

बर्नलीको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा सर्जियो अगुएरोले गरेको गोल नै निर्णायक सावित भयो । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार बर्नलीका डिफेन्डरले क्लियर गरेपनि गोललाइन टेक्नोलोजीले गोल भएको देखाएको थियो । जितसँगै सिटी लिभरपुललाई उछिन्दै शीर्षस्थानमा उक्लिएको छ ।

त्यसअघि लेस्टर सिटीले घरेलु मैदानमा आर्सनललाई ३-० ले पराजित गरेको थियो । गोलरहित रहेको पहिलो हाफपछि लेस्टरले आर्सनललाई दबाबमा राख्दै दोस्रो हाफमा ३ गोल गर्यो । उसका लागि फरवार्ड जेमी भार्डीले २ तथा युरी टिलेमान्सले सुरुवाती गोल गरे ।

गएराती नै भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । बराबरीपछि शीर्ष चारमा पर्ने अभियानमा दुवै क्लबलाई धक्का लागेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा ११औँ मिनेटमा हुवाँ माटाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ४३औँ मिनेटमा मार्कोस अलोन्सोले चेल्सीका लागि बराबरी गोल फर्काए ।

अंक तालिकामा सिटी ३६ खेलमा ९२ अंकसहित शीर्ष स्थानमा रहँदा लिभरपुल ९१ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको टोटेनहमको ३६ खेलमा ७० अंक छ । चौथो स्थानमा चेल्सीको ३६ खेलमा ६८ अंक जोडेको छ । पाँचौ स्थानमा आर्सनलको ३६ खेलमा ६६ र म्यानचेस्टर युनाइटेडको ३६ खेलमा ६५ अंक छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...