Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा बैंगलोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्ले अफमा प्रवेश

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्स प्ले अफमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले हिजो भएको खेलमा बैंगलोरलाई १६ रनले पराजित गरेको हो ।

जितसंगै दिल्लीले प्ले अफमा स्थान पक्का गरेको हो । दिल्लीले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर एक सय ७१ रन मात्र बनाउन सक्यो । ओपनर पार्थिव पटेलले बनाएको ३९ रन टोलीको सर्वाधिक स्कोर बन्यो ।

विराट कोहलीले २३, एबीडी भिलियर्स १७ रनमा आउट भएको खेलमा पुछारका खेलाडी मार्कोस स्टोनले ३२ रन बनाए । बैंगलोरलाई दबाबमा राख्न अमित मिश्रा र कागिसो राबाडाले समान २/२ विकेट लिए । नेपालका स्टार सन्दीपले तीन ओभरमा विना विकेट ३६ रन खर्चिएका थिए ।

टस जितेर दिल्लीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । कप्तान एयरले ५२ तथा धवनले ५० रन बनाए ।

जितसंगै दिल्ली पहिलो पटक आईपीएलको प्ले अफमा पुग्न सफल भयो । शीर्ष स्थानमा उक्लिएको दिल्लीले १२ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको पनि १६ अंक रहेको छ । चेन्नई यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...