YouTube Link

आईपीएल क्रिकेटमा बैंगलोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्ले अफमा प्रवेश

Facebook Link

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्स प्ले अफमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले हिजो भएको खेलमा बैंगलोरलाई १६ रनले पराजित गरेको हो ।

जितसंगै दिल्लीले प्ले अफमा स्थान पक्का गरेको हो । दिल्लीले दिएको एक सय ८८ रनको लक्ष्य पछ्याएको बैंगलोरले ७ विकेट गुमाएर एक सय ७१ रन मात्र बनाउन सक्यो । ओपनर पार्थिव पटेलले बनाएको ३९ रन टोलीको सर्वाधिक स्कोर बन्यो ।

विराट कोहलीले २३, एबीडी भिलियर्स १७ रनमा आउट भएको खेलमा पुछारका खेलाडी मार्कोस स्टोनले ३२ रन बनाए । बैंगलोरलाई दबाबमा राख्न अमित मिश्रा र कागिसो राबाडाले समान २/२ विकेट लिए । नेपालका स्टार सन्दीपले तीन ओभरमा विना विकेट ३६ रन खर्चिएका थिए ।

टस जितेर दिल्लीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयर र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले । कप्तान एयरले ५२ तथा धवनले ५० रन बनाए ।

जितसंगै दिल्ली पहिलो पटक आईपीएलको प्ले अफमा पुग्न सफल भयो । शीर्ष स्थानमा उक्लिएको दिल्लीले १२ खेलबाट १६ अंक जोडेको छ । दोस्रो स्थानको चेन्नई सुपर किंग्सको पनि १६ अंक रहेको छ । चेन्नई यसअघि नै प्ले अफमा पुगिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...