YouTube Link

आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राईडर्सद्वारा मुम्बई इण्डियन्स पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकत्ता नाइट राईडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । आईतबार भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।

कोलकत्ताले दिएको २३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै मुम्बईका लागि सूर्यकुमार यादवले २६ तथा कुर्नाल पाण्डयाले २४ रन बनाए । कोलकत्ताका सुनिल नारिने, ह्यारी गुर्ने र आन्द्रे रसेलले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर दुई सय ३२ रन बनाएको थियो । कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए । निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लानले ५४ रन बनाए । यो जितसंगै कोलकत्ताले १२ खेलबाट १० अंक जोडेको छ । र, कलकत्ता पाँचौं स्थानमा उक्लिएको छ । पराजित मुम्बई १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...