YouTube Link

मोहम्मद सिराजमाथि भएको नश्लवादी टिप्पणीको विरोध

Facebook Link

एजेन्सी : अस्ट्रेलिया–भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ ।

यो खेलको जति चर्चा चलिरहेको छ त्योभन्दा बढी चर्चा भारतीय खेलाडी मोहम्मद सिरज माथि भएको नश्लवादी टिप्पणीको भइरहेको छ ।

सिड्नी क्रिकेट मैदानमा भएको तेस्रो टेस्टको चौथो दिन बाउन्ड्री लाइनमा रहेका सिराजले आफूमाथि भारतीय खेलाडी मोहम्मद नश्लवादी टिप्पणी भएको आरोप लगाएका थिए । यही कारण केही समय खेल रोकिएको थियो ।

क्रिकेट अस्ट्रेलियाले नश्लवादी टिप्पणी गर्ने केही दर्शकलाई मैदानबाट बाहिर पठाएको थियो ।

सिराजमाथि भएको यो टिप्पणीमा भारतका कप्तान विराट कोहली, पूर्व खेलाडी सचिन तेन्दुल्कर लगायतले विरोध गरेका छन् ।

विराटले घटनाको निन्दा गर्दै ट्विट गरेका छन्, ‘यो घटनाका बारेमा तत्काल गम्भीर रूपमा छानबिन होस् र दोषीलाई कडा कारबाही होस् ।’

उनी थप्छन्, ‘नश्लवादी टिप्पणी कुनै पनि हालमा स्वीकार्य छैन ।

यस्तो घटना धेरैपटक दोहोरिएको छ ।

मैदानमा यस्तो हुनु दुःखद् हो ।’

भारतका पूर्व खेलाडी सचिनले पनि यो घटनाको विरोध गर्दै ट्विट गरेका छन्, ‘खेलको मतलब हामीलाई जोड्ने हुन्छ, विभाजन गर्ने होइन ।

क्रिकेटले कहिल्यै पनि विभेद गर्दैन ।

खेलाडीलाई उसको प्रतिभाको आधारमा पहिचान गरिन्छ, उसको जात, धर्म, रंग वा राष्ट्रियताका आधारमा होइन ।

जो व्यक्ति यसलाई बुझ्दैनन् उनीहरूको खेल मैदानमा कुनै स्थान हुँदैन ।’

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले ट्विट गरेको छ, ‘आइसिसी सिड्नी क्रिकेट मैदानमा अस्ट्रेलिया–भारतबीचको तेस्रो टेस्टमा भएको नश्लवादी घटनाको निन्दा गर्दछ र यो घटनाको छानबिनका लागि आइसिसीका तर्फबाट पूर्ण सहयोग रहनेछ ।’

क्रिकेट अस्ट्रेलियाले ट्विट गरेको छ, ‘सिड्नी क्रिकेट मैदानमा भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

हामीले एनएसडब्ल्यु पुलिससँग मिलेर घटनाको जाँच गरिरहेका छौं ।’

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%aa%e0%a4%b2%e0%a5%8d%e0%a4%b8%e0%a4%b0-%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%b8-%e0%a4%85%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...