पिसिएलको अक्सन आज हुँदै, पूर्व कप्तान पारस र सन्दीप सहित नेपालका १० खेलाडी ड्राफ्टमा
वि.सं.२०७७ पुस २६ आइतवार ०९:००
1.5K
shares
काठमाडौं: पाकिस्तान सुपर लिग (पिएसएल) को २०२१ सिजनका लागि नेपालका १० खेलाडी ड्राफ्टमा परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मँहगो क्याटगोरीमा सन्दीप लामिछाने सहित १० खेलाडी परेका छन् ।
पिएसएलले सार्वजनिक गरेको ड्राफ्टमा सिल्भर तर्फको विदेशी कोटामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित उप कप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख छन् ।
ड्राफ्टमा एक टोलीले कम्तीमा १६ र बढीमा १८ खेलाडी अनुबन्धन गर्न पाउने छन् ।
सबै टिमले तीन (प्लेटिनम, डाइमन्ड र गोल्ड) क्याटेगोरीमा खेलाडी अनुबन्ध गर्नुपर्ने हुन्छ ।
जसमा पाँच सिल्भर, इमर्जिङ र पूरक दुई दुई खेलाडी अनुबन्ध गर्न पाउछन् ।
१६ मध्ये ११ खेलाडी पाकिस्तानी हुनुपर्ने भएकाले नेपाली खेलाडीको फाइनल छनोटको संभावना भने निकै नगन्य छ ।
त्यस्तै १८ खेलाडी भएमा १२ पाकिस्तानी खेलाडी अनिवार्य अनुबन्ध गर्नुपर्ने हुन्छ । प्लेइङ ११ मा एउटा टोलीले कम्तिमा ४ मात्र विदेशी खेलाडी खेलाउने पाउने छन् ।
२० देशबाट ४ सय भन्दा बढी विदेशी खेलाडी पिएसएल ड्राफ्टमा रहेका छन् ।
प्रतियोगिता २०२१ को फेब्रुअरी २० देखि २२ मार्च सम्म लाहोर र कराँचीमा हुने जनाइएको छ ।
वि.सं.२०७७ पुस २६ आइतवार ०९:००


















