YouTube Link

ग्रण्डाको पोष्टमा बार्सिलोनाको गोलको वर्षा उक्लियो तेस्रो स्थानमा

Facebook Link

एजेन्सी : बार्सिलोनाले ला लिगामा आफ्नो अपराजित यात्रालाई ८ खेल पुर्याउँदै ग्रण्डाको पोष्टमा ४ गोल गर्दै सहज जित हासिल गरेको छ ।

कप्तान लियोनेल मेस्सी र एन्टोनी ग्रिजमानको दुई–दुई गोलको मद्दतले बार्साले १० खेलाडीमा सिमित ग्रण्डाको पोष्टमा गोलको वर्षा गरेको हो ।

खेलको १२ औँ मिनेटमा ग्रिजमानले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ३५ औँ र ४२ औँ मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता फराकिलो बनाए ।

दुई गोलसँगै यो सिजन मेस्सीको व्यक्तिगत गोल संख्या ११ पुगेको छ ।

उनी ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा पुगेका छन् ।

दोस्रो हाफमा ग्रिजमानले अर्को गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे ।

ग्रानाडाका जिसुस भालेहोले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सिमित बनेको थियो ।

१५ खेलबाट एथ्लेटिकोको ३८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको रियलको १८ खेलपछि ३७ र तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३४ अंक रहेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%8f%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a5%81%e0%a4%a7%e0%a4%be%e0%a4%b0-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%a8%e0%a5%81/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...