YouTube Link

चुनावी रात्रिभोजको खर्च: एन्फाको खाताबाट

Facebook Link

काठमाडौँ — अध्यक्ष कर्माछिरिङ शेर्पाको समूहले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचनमा एकपक्षीय जित हात पारेपछि भएको रात्रिभोजको खर्च दुई वर्षपछि एन्फाले तिरेको छ ।

पछिल्लो कार्यसमिति बैठकको निर्णयप्रति दुई जना पदाधिकारीले असहमति जनाएपछि रात्रिभोजको खर्च एन्फाबाट तिराइएको रहस्य खुलेको हो ।

करिब २२ वर्ष एन्फामा एक्लौटी राज गरेका गणेश थापामाथि भ्रष्टाचारको आरोप लगाउँदै संसद्को सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरूमा उजुरी गर्दै शेर्पा २०७५ साल वैशाख २२ गते एन्फा अध्यक्ष निर्वाचित भएका थिए ।

उनको टिमले १७ सदस्यीय कार्यसमितिमा क्लिन–स्विप’ नै गरेको थियो ।

हेरिटज गार्डेन, सानेपामा निर्वाचन सम्पन्न भएपछि शेर्पा समूहले चुनावको जितको खुसीयालीमा तीनकुनेस्थित ताज बैंक्वेटमा रात्रिभोज गरेको थियो ।

गत असारको आपतकालीन बैठकले गरेका विभिन्न १३ वटा निर्णयलाई मंसिर २५ को कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।

त्यसको निर्णय नं. १२ मा लेखिएको छ, ‘अखिल नेपाल फुटबल संघको २०७४ वैशाख २२ गते सम्पन्न निर्वाचनपछि पदाधिकारीहरू बाट रात्रिभोजको आयोजना गर्दा भएको खर्च रु. ५,७२,०००।– (पाँच लाख बहत्तर हजार रुपैयाँ) भुक्तानी गर्नुपर्ने भएकाले एन्फाबाट भुक्तानी गरिएकोमा यसै बैठकबाट अनुमोदन गरियो ।’

उक्त निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र उपाध्यक्ष वीरबहादुर खड्काले पुस १४ मा ‘नोट अफ डिसेन्ट’ दर्ता गरेपछि रात्रिभोजको खर्च संस्थाले बेहोरेको रहस्य खुलेको हो ।

निर्णय पुस्तिकामा निर्वाचनको मिति पनि गलत लेखिएको छ ।

निर्वाचन भने ठीक एक वर्षअघि (२०७४ वैशाख २२) भएको थियो । निर्णयमा उल्लेखित मितिमा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ थिए

तर त्यो मितिमा कुनै चुनाव भएको थिएन ।

निर्वाचन पछि शेर्पा समूहले २०७५ साल वैशाख २४ को कार्यसमिति बैठकदेखि कार्यभार सम्हालेको थियो ।

शेर्पा समूहले चुनावी नारा ‘परिवर्तनको निम्ति सामूहिक एकता : पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता’ बनाएर एन्फाको सत्ता कब्जा गरेको थियो । त्यतिबेला नेम्बाङ र खड्काले शेर्पालाई साथ दिएका थिए ।

एन्फाकै पदाधिकारीका अनुसार हेरिटेज गार्डेनमा भएको निर्वाचनमा सहभागीहरू नै ताज बैंक्वेटमा भएको रात्रिभोजमा पुगेका थिए ।

निर्वाचनमा ७७ मतदातासहित २ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक, अतिथि सहभागी थिए । त्यसमध्ये अधिकांश मतदाता, प्रतिनिधि, अतिथिसँगै समर्थकहरू मध्यरातसम्म चलेको रात्रिभोजमा सहभागी भएका थिए ।

‘भ्रष्टाचार भयो’

वरिष्ठ उपाध्यक्ष नेम्बाङले रात्रिभोजको पैसा संस्थाबाट तिरेर भ्रष्टाचार गरेको बताएका छन् । उनले भने, ‘यस्तो निर्णयले संस्थाको गरिमा बढ्दैन ।

भोज–भतेरमा संस्थाको पैसा प्रयोग हुनु पनि भ्रष्टाचार हो । यसर्थ यस्ता कार्य तुरुन्त रोकिनुपर्छ ।’

उनले ‘एन्फाको आर्थिक नियमावली २०७५ विपरीत भएको हुँदा उक्त निर्णय अनुमोदन गर्ने कार्यप्रति पूर्ण असहमति’ जनाउँदै नोट अफ डिसेन्ट लेखेको बताएका छन् ।

एन्फाको केन्द्रीय कार्यसमितिमा दुई दशकयता निरन्तर रहेका नेम्वाङले भने, ‘आर्थिक पारदर्शिता, फुटबलको विकास गर्छु भनेर आएका हामीले रक्सी खाएको पैसा पनि एन्फाबाट दिनुपर्ने ?

यसो गर्न नैतिकताको पनि दिन्छ र ?

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा ले भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाइएका पूर्वअध्यक्ष गणेश थापाविरुद्धको अभियानमा शेर्पासँगै रहेका उनले थपे, ‘दुई पक्षले चुनाव लडेको थियो, एउटाले जित्यो, जित्ने पक्षको पार्टीको पैसा संस्थाले तिर्ने रु चुनाव जितेर पार्टी खाएको पैसा एन्फाबाट तिराउने भनेपछि हाम्रो नैतिकता कहाँ रहेछ त ? त्यो पनि दुई वर्षपछाडि आएर ।

त्यसबेला व्यक्तिगत रुपमा उठाएर रात्रिभोजको खर्च बेहोर्ने भन्ने कुरा भएको पनि उनले सुनाए ।

चुनाव जितेको खुसीयालीमा गरिएको रात्रिभोजको खर्च एन्फाबाट तिर्न मिल्छ त ? प्रवक्ता किरण राईले भने, ‘कार्यससमितिले निर्णय गरेपछि मिल्यो होला भन्नुपर्छ ।’

एन्फा अध्यक्ष शेर्पा भने पटकपटक फोन गरे पनि सम्पर्कमा आएनन् ।

छानबिन समिति बनाउन माग

उपाध्यक्ष खड्काले कार्यसमितिको आपतकालीन बैठकको एजेन्डामा रात्रिभोजको खर्च भुक्तानीलाई समावेश नगरिएको र बैठकमा छलफल नै नगरी निर्णयमा घुसाइएको दाबी गरेका छन् ।

उनले नोट अफ डिसेन्टमा लेखेका छन्, ‘२ वर्ष ४ महिनापछि आएर उक्त रकम ९रात्रिभोजको भुक्तानी० बिना छलफल नै निर्णय गरेको हुँदा यस विषयमा मेरो घोर आपत्तिका साथै असहमति रहेको छ र यस विषयमा तुरुन्तै छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन अनुरोध गर्दछु ।’

‘बैठकको एजेन्डामै नभएको कुरा निर्णयमा कसरी आयो रु जुन छलफलसमेत भएको थिएन,’ उपाध्यक्ष खड्काले भने । विधानअनुसार कार्यसमितिको निर्णयहरू पदाधिकारीलाई १४ दिनभित्र उपलब्ध गराउनुपर्छ । तर, असार २ को बैठकले गरेको निर्णय एन्फाले मंसिर २५ को कार्यसमिति बैठकमा अनुमोदन गर्नु अघिमात्रै दिएको उनले बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...