Rajshow Bivag

चुनावी रात्रिभोजको खर्च: एन्फाको खाताबाट

Departmant of helth services

काठमाडौँ — अध्यक्ष कर्माछिरिङ शेर्पाको समूहले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको निर्वाचनमा एकपक्षीय जित हात पारेपछि भएको रात्रिभोजको खर्च दुई वर्षपछि एन्फाले तिरेको छ ।

पछिल्लो कार्यसमिति बैठकको निर्णयप्रति दुई जना पदाधिकारीले असहमति जनाएपछि रात्रिभोजको खर्च एन्फाबाट तिराइएको रहस्य खुलेको हो ।

करिब २२ वर्ष एन्फामा एक्लौटी राज गरेका गणेश थापामाथि भ्रष्टाचारको आरोप लगाउँदै संसद्को सार्वजनिक लेखा समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरूमा उजुरी गर्दै शेर्पा २०७५ साल वैशाख २२ गते एन्फा अध्यक्ष निर्वाचित भएका थिए ।

उनको टिमले १७ सदस्यीय कार्यसमितिमा क्लिन–स्विप’ नै गरेको थियो ।

हेरिटज गार्डेन, सानेपामा निर्वाचन सम्पन्न भएपछि शेर्पा समूहले चुनावको जितको खुसीयालीमा तीनकुनेस्थित ताज बैंक्वेटमा रात्रिभोज गरेको थियो ।

गत असारको आपतकालीन बैठकले गरेका विभिन्न १३ वटा निर्णयलाई मंसिर २५ को कार्यसमिति बैठकले अनुमोदन गरेको थियो ।

त्यसको निर्णय नं. १२ मा लेखिएको छ, ‘अखिल नेपाल फुटबल संघको २०७४ वैशाख २२ गते सम्पन्न निर्वाचनपछि पदाधिकारीहरू बाट रात्रिभोजको आयोजना गर्दा भएको खर्च रु. ५,७२,०००।– (पाँच लाख बहत्तर हजार रुपैयाँ) भुक्तानी गर्नुपर्ने भएकाले एन्फाबाट भुक्तानी गरिएकोमा यसै बैठकबाट अनुमोदन गरियो ।’

उक्त निर्णयप्रति असहमति जनाउँदै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र उपाध्यक्ष वीरबहादुर खड्काले पुस १४ मा ‘नोट अफ डिसेन्ट’ दर्ता गरेपछि रात्रिभोजको खर्च संस्थाले बेहोरेको रहस्य खुलेको हो ।

निर्णय पुस्तिकामा निर्वाचनको मिति पनि गलत लेखिएको छ ।

निर्वाचन भने ठीक एक वर्षअघि (२०७४ वैशाख २२) भएको थियो । निर्णयमा उल्लेखित मितिमा एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ थिए

तर त्यो मितिमा कुनै चुनाव भएको थिएन ।

निर्वाचन पछि शेर्पा समूहले २०७५ साल वैशाख २४ को कार्यसमिति बैठकदेखि कार्यभार सम्हालेको थियो ।

शेर्पा समूहले चुनावी नारा ‘परिवर्तनको निम्ति सामूहिक एकता : पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता’ बनाएर एन्फाको सत्ता कब्जा गरेको थियो । त्यतिबेला नेम्बाङ र खड्काले शेर्पालाई साथ दिएका थिए ।

एन्फाकै पदाधिकारीका अनुसार हेरिटेज गार्डेनमा भएको निर्वाचनमा सहभागीहरू नै ताज बैंक्वेटमा भएको रात्रिभोजमा पुगेका थिए ।

निर्वाचनमा ७७ मतदातासहित २ सय ३१ जना प्रतिनिधि तथा पर्यवेक्षक, अतिथि सहभागी थिए । त्यसमध्ये अधिकांश मतदाता, प्रतिनिधि, अतिथिसँगै समर्थकहरू मध्यरातसम्म चलेको रात्रिभोजमा सहभागी भएका थिए ।

‘भ्रष्टाचार भयो’

वरिष्ठ उपाध्यक्ष नेम्बाङले रात्रिभोजको पैसा संस्थाबाट तिरेर भ्रष्टाचार गरेको बताएका छन् । उनले भने, ‘यस्तो निर्णयले संस्थाको गरिमा बढ्दैन ।

भोज–भतेरमा संस्थाको पैसा प्रयोग हुनु पनि भ्रष्टाचार हो । यसर्थ यस्ता कार्य तुरुन्त रोकिनुपर्छ ।’

उनले ‘एन्फाको आर्थिक नियमावली २०७५ विपरीत भएको हुँदा उक्त निर्णय अनुमोदन गर्ने कार्यप्रति पूर्ण असहमति’ जनाउँदै नोट अफ डिसेन्ट लेखेको बताएका छन् ।

एन्फाको केन्द्रीय कार्यसमितिमा दुई दशकयता निरन्तर रहेका नेम्वाङले भने, ‘आर्थिक पारदर्शिता, फुटबलको विकास गर्छु भनेर आएका हामीले रक्सी खाएको पैसा पनि एन्फाबाट दिनुपर्ने ?

यसो गर्न नैतिकताको पनि दिन्छ र ?

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा ले भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाइएका पूर्वअध्यक्ष गणेश थापाविरुद्धको अभियानमा शेर्पासँगै रहेका उनले थपे, ‘दुई पक्षले चुनाव लडेको थियो, एउटाले जित्यो, जित्ने पक्षको पार्टीको पैसा संस्थाले तिर्ने रु चुनाव जितेर पार्टी खाएको पैसा एन्फाबाट तिराउने भनेपछि हाम्रो नैतिकता कहाँ रहेछ त ? त्यो पनि दुई वर्षपछाडि आएर ।

त्यसबेला व्यक्तिगत रुपमा उठाएर रात्रिभोजको खर्च बेहोर्ने भन्ने कुरा भएको पनि उनले सुनाए ।

चुनाव जितेको खुसीयालीमा गरिएको रात्रिभोजको खर्च एन्फाबाट तिर्न मिल्छ त ? प्रवक्ता किरण राईले भने, ‘कार्यससमितिले निर्णय गरेपछि मिल्यो होला भन्नुपर्छ ।’

एन्फा अध्यक्ष शेर्पा भने पटकपटक फोन गरे पनि सम्पर्कमा आएनन् ।

छानबिन समिति बनाउन माग

उपाध्यक्ष खड्काले कार्यसमितिको आपतकालीन बैठकको एजेन्डामा रात्रिभोजको खर्च भुक्तानीलाई समावेश नगरिएको र बैठकमा छलफल नै नगरी निर्णयमा घुसाइएको दाबी गरेका छन् ।

उनले नोट अफ डिसेन्टमा लेखेका छन्, ‘२ वर्ष ४ महिनापछि आएर उक्त रकम ९रात्रिभोजको भुक्तानी० बिना छलफल नै निर्णय गरेको हुँदा यस विषयमा मेरो घोर आपत्तिका साथै असहमति रहेको छ र यस विषयमा तुरुन्तै छानबिन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन अनुरोध गर्दछु ।’

‘बैठकको एजेन्डामै नभएको कुरा निर्णयमा कसरी आयो रु जुन छलफलसमेत भएको थिएन,’ उपाध्यक्ष खड्काले भने । विधानअनुसार कार्यसमितिको निर्णयहरू पदाधिकारीलाई १४ दिनभित्र उपलब्ध गराउनुपर्छ । तर, असार २ को बैठकले गरेको निर्णय एन्फाले मंसिर २५ को कार्यसमिति बैठकमा अनुमोदन गर्नु अघिमात्रै दिएको उनले बताए ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%bf%e0%a4%a4-%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%bf%e0%a4%8f%e0%a4%aa%e0%a4%9b%e0%a4%bf/

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...