तीन खेल अगावै बार्सिलोनाले जित्यो स्पेनिस ला लिगा फुटबलको उपाधि
वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:०१
864
sharesकाठमाडौं: बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राती भएको खेलमा लेभान्तेलाई १-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २६औ लिग उपाधि उचालेको हो ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका उनले ६२औ मिनेटमा गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन खेल अगावै लिग जिताउन पर्याप्त बन्यो ।
बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्यो । उसले तीन खेल अगाडिनै दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ९ अंकको अग्रता लियो । एट्लेटिकोले समेत गए राति भएको खेलमा रियल भालाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको थियो । बार्सिलोनाले आगामी बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ ।
वि.सं.२०७६ वैशाख १५ आइतवार ०९:०१