Health Ad
YouTube Link

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सद्वारा सनराईजर्स हैदरावाद सात विकेटले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए । यस्तै अजिंकाले रहानेले ३९ रन जोड्दा कप्तान स्टिभ स्मिथले २२ रन बनाए । हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए । राजस्थानका भरुण आरोन, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए ।

यो जितसंगै राजस्थानले हैदरावादसंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो । राजस्थानले हैदरावादलाई पराजित गरेसंगै चेन्नई प्ले अफमा पुग्न सफल भएको छ । शीर्ष स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ । योसंगै चेन्नई जारी आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली भएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...