YouTube Link

आईपीएल क्रिकेटमा राजस्थान रोयल्सद्वारा सनराईजर्स हैदरावाद सात विकेटले पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा घरेलु टोली राजस्थान रोयल्सले सनराईजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा राजस्थानले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

राजस्थानको जितमा सन्जु सामसनले अविजित ४८ रन जोड्दा लिआम लिभिङस्टोनले ४४ रन बनाए । यस्तै अजिंकाले रहानेले ३९ रन जोड्दा कप्तान स्टिभ स्मिथले २२ रन बनाए । हैदरावादका खलिल अहमेद, शाकिब अल हसन र राशिद खानले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनायो । हैदरावादका लागि मनिस पाण्डेले ६१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डेभिड वार्नरले ३७ तथा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन १३ रनमा आउट भए । राजस्थानका भरुण आरोन, ओसाने थोमस, श्रेयस गोपाल र जयदेव उनाडकटले समान २/२ विकेट लिए ।

यो जितसंगै राजस्थानले हैदरावादसंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो । राजस्थानले हैदरावादलाई पराजित गरेसंगै चेन्नई प्ले अफमा पुग्न सफल भएको छ । शीर्ष स्थानको चेन्नईले १२ खेलबाट १६ अंक जोडेको छ । योसंगै चेन्नई जारी आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...