YouTube Link

ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा उक्लियो

Khanepani Dhal
Facebook Link

काठमाडौं: ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पुन शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा हुडर्सफिल्डलाई ५-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले शीर्ष स्थानमा पुनरागमन गरेको हो । फराकिलो जित सहित लिभरपुलले म्यानचेष्टर सिटीमाथि दबाब बढाएको छ ।

शीर्ष स्थानमा उक्लिएसँगै दुई अंकको अग्रता लिन समेत सफल भएको छ । शीर्ष स्थानको लिभरपुलले ३६ खेलबाट ९१ अंक जोडेको छ । एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेष्टर सिटीको ८९ अंक छ । खेलको १५ सेकेन्डमै लिभरपुलका नाबी केइटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यस सिजन रेलिगेशनमा परेको हुडर्सफिल्डमाथि सुरुवातबाटै आक्रमक देखिएको लिभरपुलले २३औ मिनेटमा अग्रतालाई दोब्बर बनायो ।

साडियो मानेले घरेलु टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । मोहमेद सलाहाले ईन्जुरी समयमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए । ६६ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता फराकिलो बनाए । ८३ औ मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाउन सफल रहे । लिभरपुलले लिगमा अब दुई खेल खेल्न बाँकी छ । उसले अब न्युक्यासल र उल्भ्ससंग प्रतिस्पर्धा गर्नेछ । उपाधिको अर्को दाबेदार म्यानचेष्टर सिटीले वर्नली, लेस्टर सिटी र ब्रिङ्टोनसंग खेल्न बाँकी छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

कीर्गिस्तानमाथि नेपालको संघर्षपूर्ण जित

वि.सं.२०८१ फागुन ५ सोमवार २२:३०

काठमाडौं: नेपालले कीर्गिस्तान विरूद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै...

लेबनानमाथि म्यानमारको सहज जित

लेबनानमाथि म्यानमारको सहज जित

वि.सं.२०८१ फागुन ५ सोमवार १७:०२

काठमाडौं: लेबनानलाई ३-१ गोल अन्तरले हराउँदै म्यानमारले फराकिलो जितसहित इन्टरनेसनल...

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

नेपालले कीर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै

वि.सं.२०८१ फागुन ५ सोमवार ०८:५२

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला...

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

महिला फुटबल प्रतियोगिताको तयारी पूरा

वि.सं.२०८१ फागुन ४ आइतवार १७:५०

काठमाडौं: सोमबारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको...

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

महिला फुटबल टोलीकी स्टार स्टाइकर ‘साम्बा’ नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन ४ आइतवार १२:२९

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्टाइकर सावित्रा भण्डारी...

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

आशिषको भाँचिएका खुट्टाको उपचार खर्च एन्फाले बेहोर्ने

वि.सं.२०८१ फागुन ४ आइतवार ११:१३

काठमाडौं: नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको उपचारको सम्पूर्ण...