Health Ad
YouTube Link

मुम्बई इण्डियन्सद्वारा चेन्नई सुपर किङ्गस ४६ रनले पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले चेन्नई सुपर किङ्गसलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा मुम्बईले चेन्नईलाई ४६ रनले पराजित गरेको हो ।

चेन्नईस्थित एम चिदामबराम क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको चेन्नई १७ ओभर ४ बलमा अलआउट हुँदै एक सय ९ रनमा समेटियो । सुरेश रैनाको कप्तानीमा मैदान उत्रिएको चेन्नईका लागि विजय मुरालीले सर्वाधिक ३८ रन बनाए । कप्तान महेन्द्र सिंह धोनी अस्वस्थ्य भएपछि रैनाले चेन्नईको कप्तानी सम्हालेका थिए । तर, टोलीलाई जित दिलाउन सकेनन् । चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका लाथिस मलिंगाले ४ विकेट लिए । यस्तै कुर्नाल पाण्डया र जस्प्रित बुम्राहले २/२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लेविसले ३२ तथा हार्दिक पाण्डयाले अविजित २३ रन बनाए । क्विनटन डी कक १५ रनमा आउट हुँदा केइरन पोलार्डले अविजित १३ रन बनाए । योसंगै शीर्ष स्थानको चेन्नई पुन: मुम्बईसंग पराजित भएको छ । जितसंगै मुम्बई लिगको दोस्रो स्थानमा उक्लिएको छ । मुम्बईले ११ खेलबाट १४ अंक जोडेको छ । पराजित चेन्नई १२ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

एन्फा कार्यसमितिको बैठक बस्दै, यस्ता छन् बैठकका एजेन्डा

वि.सं.२०८१ चैत १२ मंगलवार ११:२५

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज ...