Health Ad
YouTube Link

आर्थिक बृद्धिदरमा सुधार आएसँगै देशको कुल गार्हस्थ उत्पादन जिडिपी बढ्यो

Khanepani Dhal
Facebook Link

काठमाडौं: चालु आर्थिक वर्षको सातदेखि नौ महिनासम्ममा आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न आंकडाहरुको अध्ययनबाट औपचारिक क्षेत्रको जिडिपी ६.८१ प्रतिशले बढेर ३० खर्बबाट ३४ खर्ब पुग्ने केन्द्रीय तथ्याङक विभागले प्रक्षेपण गरेको छ । समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक, द्वितिय र सेवा क्षेत्रमा विभाजन गरेर अध्ययन गरिएको विभागले जनाएको छ ।

२७.५९ प्रतिशत रहेको प्राथमिक क्षेत्रको योगदान गत वर्षको भन्दा ५.१ प्रशितले बढी हो । प्राथमिक क्षेत्र अन्तर्गत कृषि, वन, मत्स्य, खानी तथा उत्खनन् पर्दछन् । त्यस्तै निर्माण, ग्यास, उद्योग र विद्युत, पानी समेटिएको द्वितीयक्षेत्रको योगदान गत वर्षको तुलनामा ८ दशमलब एक प्रतिशतले बढेर १४.६ प्रतिशत रहेको छ । जिडिपीमा सबैभन्दा बढी योगदान सेवा क्षेत्रको ५७.८१ प्रतिशत रहेको छ । सेवा क्षेत्रको योगदान गत वर्षको भन्दा ७.२९ प्रतिशतले बढी हो ।

त्यस्तै औद्योगिक वर्गिकरण अनुसार अर्थतन्त्रमा योगदान कृषिक्षेत्रको २६.९८ र गैर कृषि क्षेत्रको ७३.०२ प्रतिशत रहेको छ । यसअन्तर्गत कृषि तथा वनको २६.५ प्रतिशत, मत्स्यको ०.४८, खानीको ०.६०, उद्योगको ५.५९, विद्युत ग्यास तथा पानीको १.२५, निर्माणको ७.७७, थोक तथा खुद्रा व्यापारको १४.३७, होटेल तथा रेस्टुरेन्टको २.०५, यातायात, सञ्चार तथा भण्डारको ७.२३, वित्तिय मध्यस्थताको ६.३२, रियल स्टेट, रेन्टिंग तथा व्यासायिको ११.५३, सार्वजनिक प्रशासन तथा रक्षाको २.७१, शिक्षाको ७.०७, स्वस्थ्य तथा सामाजिक कार्यको १.७५ प्रतिशत र अन्यको ४.७८ प्रतिशत योगदान रहेको तथ्यांकमा उल्लेख छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...