Health Ad
YouTube Link

आठौं राष्ट्रिय खेलकुद अन्तरगत आज फुटबल, भलिबल र क्रिकेटको सेमिफाइनलका खेल हुँदै

Khanepani Dhal
Facebook Link

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भलिबल, फुटबल र क्रिकेटको सेमिफाइनलका खेलहरु हुँदैछ । फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल हुनेछ ।

महिलाको फाइनल खेल दाङ जिल्लाको लमही क्रिकेट मैदानमा हुनेछ । महिला फुटबल पनि दाङ जिल्लाको बेलझुण्डीमा हुनेछ भने अन्य सबै खेलहरु बाँके जिल्लाको नेपालगन्ज आसपासमा हुनेछ । महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश एक स्वर्णका लागि भिड्दैछन् । पुरुष क्रिकेटको दुवै सेमिफाईनल खेल कोहलपुर क्रिकेट मैदानमा हुनेछ ।

पुरुष क्रिकेटको पहिलो सेमिफाइनल विभागीय टोली एपीएफ र प्रदेश १ बीच हुनेछ भने दोस्रो सेमिफाइनलको ‘अल डिपार्टमेन्टल गेम’ मा त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । यस्तै पुरुष फुटबलको सेमिफाइनल खेलहरु नेपालगन्ज रंगशालमा हुनेछ भने भलिबलका खेलहरु सितापुर, खजुरामा हुनेछ । पुरुष फुटबल अन्तर्गत पहिलो सेमिफाइनल प्रदेश नम्बर ५ र आर्मीबीच हुनेछ । यस्तै दोस्रो सेमिफाइनल नेपाल पुलिस र एपीएफबीच हुनेछ । यसैगरी दाङमा हुने महिला फुटबलको सेमिफाइनलमा प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल पुलिस भिड्नेछन् ।

यस्तै खजुरास्थि शुक्र भलिबल कोर्टमा पुरुष र महिलाको सेमिफाइनल खेलहरु हुनेछन् । जसमा समूह ए को विजेता त्रिभुवन आर्मीले समूह बी को उपविजेता एपीएफ तथा समूह बी को विजेता नेपाल पुलिसले समूह ए को उपविजेता गण्डकी प्रदेशसँग खेल्नेछ । यसैगरी महिलातर्फको सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश ३ र नेपाल पुलिसबीच हुनेछ ।

आठौँमा समावेश कूल ३५ मध्ये अहिलेसम्म २२ खेल सकिएको छ । २२ खेल सकिँदा पदक तालिकामा विभागीय टोलीको वर्चस्व रहेको छ । अहिलेसम्म त्रिभुवन आर्मी सर्वाधिक ८७ स्वर्ण जित्दै पहिलो स्थानमा छ भने एपीएफ ३५ स्वर्णका साथ दोस्रो र नेपाल पुलिस ३३ स्वर्णका साथ तेस्रो स्थानमा छ । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको पदक तालिका अनुसार अहिलेसम्म ३ सय ७२ मध्ये दुई सय सात स्वर्णको छिनोफानो भएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...