YouTube Link

आठौं राष्ट्रिय खेलकुद अन्तरगत आज फुटबल, भलिबल र क्रिकेटको सेमिफाइनलका खेल हुँदै

Facebook Link

बाँके : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भलिबल, फुटबल र क्रिकेटको सेमिफाइनलका खेलहरु हुँदैछ । फुटबल र भलिबलमा पुरुष र महिला दुवैको सेमिफाइनल हुँदैछ भने क्रिकेटमा पुरुषको सेमिफाइनलको खेल हुनेछ भने महिलाको फाइनल खेल हुनेछ ।

महिलाको फाइनल खेल दाङ जिल्लाको लमही क्रिकेट मैदानमा हुनेछ । महिला फुटबल पनि दाङ जिल्लाको बेलझुण्डीमा हुनेछ भने अन्य सबै खेलहरु बाँके जिल्लाको नेपालगन्ज आसपासमा हुनेछ । महिला क्रिकेटको फाइनलमा विभागीय टोली एपीएफ र प्रदेश एक स्वर्णका लागि भिड्दैछन् । पुरुष क्रिकेटको दुवै सेमिफाईनल खेल कोहलपुर क्रिकेट मैदानमा हुनेछ ।

पुरुष क्रिकेटको पहिलो सेमिफाइनल विभागीय टोली एपीएफ र प्रदेश १ बीच हुनेछ भने दोस्रो सेमिफाइनलको ‘अल डिपार्टमेन्टल गेम’ मा त्रिभुवन आर्मी र नेपाल पुलिस भिड्नेछन् । यस्तै पुरुष फुटबलको सेमिफाइनल खेलहरु नेपालगन्ज रंगशालमा हुनेछ भने भलिबलका खेलहरु सितापुर, खजुरामा हुनेछ । पुरुष फुटबल अन्तर्गत पहिलो सेमिफाइनल प्रदेश नम्बर ५ र आर्मीबीच हुनेछ । यस्तै दोस्रो सेमिफाइनल नेपाल पुलिस र एपीएफबीच हुनेछ । यसैगरी दाङमा हुने महिला फुटबलको सेमिफाइनलमा प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल पुलिस भिड्नेछन् ।

यस्तै खजुरास्थि शुक्र भलिबल कोर्टमा पुरुष र महिलाको सेमिफाइनल खेलहरु हुनेछन् । जसमा समूह ए को विजेता त्रिभुवन आर्मीले समूह बी को उपविजेता एपीएफ तथा समूह बी को विजेता नेपाल पुलिसले समूह ए को उपविजेता गण्डकी प्रदेशसँग खेल्नेछ । यसैगरी महिलातर्फको सेमिफाइनलमा एपीएफ र गण्डकी प्रदेश तथा प्रदेश ३ र नेपाल पुलिसबीच हुनेछ ।

आठौँमा समावेश कूल ३५ मध्ये अहिलेसम्म २२ खेल सकिएको छ । २२ खेल सकिँदा पदक तालिकामा विभागीय टोलीको वर्चस्व रहेको छ । अहिलेसम्म त्रिभुवन आर्मी सर्वाधिक ८७ स्वर्ण जित्दै पहिलो स्थानमा छ भने एपीएफ ३५ स्वर्णका साथ दोस्रो र नेपाल पुलिस ३३ स्वर्णका साथ तेस्रो स्थानमा छ । राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको पदक तालिका अनुसार अहिलेसम्म ३ सय ७२ मध्ये दुई सय सात स्वर्णको छिनोफानो भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...