YouTube Link

आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज१८ खेल हुँदै

Khanepani Dhal
Facebook Link

आठौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत आज१८ खेल हुँदै छन् । प्रदेश नम्बर-५ मा सञ्चालन भईरहेको प्रतियोगितामा आज १८ खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । आज पुरुष र महिला फुटबलका समुह चरणका बाँकी खेलहरु हुनेछन् ।

बिहान र बेलुका गरि दुई सत्रमा सञ्चालन गरिएका पुरुष टिमका खेल एन्फा टेक्निकल सेन्टर बुटवल र नेपालगञ्जमा भईरहेकाछन् । त्यस्तै महिला टिमका खेल दाङमा सञ्चालन गरिएको छ । विभिन्न राष्ट्रिय कीर्तिमान सहित चर्चामा आएको एथ्लेटिक्सका विभिन्न स्पर्धा दाङको बेलझुण्डीमा हुनेछ । एथ्लेटिक्स तर्फ आज हडल्सको हिट्स तथा दुई सय र दुईसय मिटरको महिला पुरुषको हिट्स चरणका खेल हुनेछन् ।

त्यस्तै हाईजम्प, डिस्कस र दुईसय मिटरको फाईनल खेल समेत समापन गर्ने तालिका छ । यस्तै दाङको तुलसीपुरमा कराँतेका खेल सुरु हुँदा भैरहवामा तेक्वान्दोका खेल सञ्चालन गरिने छ । बाँकेको खजुरामा भलिवलका खेल सञ्चालन हुँदा दाङमा व्याडमिन्टनका खेल सकिने छन् । नेपालगञ्ज रंगशालामा उसु र ह्यान्डबलका खेल हुनेछन् । आईटिएफ तेक्वान्दोको खेल नेपालगञ्जको महेन्द्र क्याम्पसमा सञ्चालन हुनेछ ।

सुटिङका खेल नेपालगञ्ज सुटिङ रेन्जमा हुनेछ भने नेपालगञ्ज कै जुडो हलमा जिम्न्याष्टिकका खेल चल्नेछ । रुपन्देहीमा सफ्टटेनिसका केही स्पर्धामा फाईनल खेलहरु हुनेछन् । कोहलपुर र लमहीमा क्रिकेटका खेल यथावत चल्नेछन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा आर्चरी हुँदा बर्दियाको गुलरियामा सेपाकटाक्रो र खोखोका खेल सञ्चालन गरिनेछ । एसियन गेम्समा रजत जितेको प्याराग्लाईडिङको राष्ट्रिय खेल पोखरामा हुनेछ ।

शुक्रबारसम्म १२१ स्वर्ण सहित कुल ४४३ पदकको टुंगो लागिसकेको छ । जसमा विभागीय टोलीले आफ्नो वर्चश्व कायम गरेका छन् । पदक तालिकामा हालसम्म विभागीय टिम त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जितेको छ । आर्मीले ४५ स्वर्ण, ३१ रजत र २७ कास्य पदक सहित कुल १०३ पदक जितेको छ । यस्तै नेपाल पुलिस क्लबले २२ स्वर्ण, २० रजत र २१ कास्य पदक सहित कुल ६३ पदक जितेको छ । सशस्त्र प्रहरीको एपीएफ क्लबले १७ स्वर्ण, १६ रजत र २८ कास्य सहित कुल ६१ पदक जितेर तेस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दै

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:४८

काठमाडौं: भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत आज समुह चरणको...

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगितामा इष्टपोल एकेडेमी टिम प्रथम

वि.सं.२०८२ वैशाख ३० मंगलवार १३:२७

काठमाडौं: जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ वैशाख २८ आइतवार ११:१२

काठमाडौं: नेपालले साफ यु-१९ च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्दैछ ।...

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आज नीति तथा कार्यक्रम पारित हुँदै, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

वि.सं.२०८२ वैशाख २८ आइतवार ०८:२६

काठमाडौं: प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...