YouTube Link

आठौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बिभागीय टोलीले बर्चस्व कायम

Facebook Link

काठमाडौं: आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भएको ज्याभलिङ थ्रोमा चन्द्रकला दामगादेले आफ्नै किर्तिमानमा सुधार गरेकी छिन् । शुक्रबार भएको महिला ज्याभलिङ थ्रोमा चन्द्रकला दामगादेले सातौँ राष्ट्रिय खेलकुदमा बनाएको ४३ दशमलव ९४ मिटरको किर्तिमान सुधार गर्दै ५४ दशमलव पाँच मिटर थ्रो गर्दै स्वर्ण जितेकी हुन् ।

त्रिभुवन आर्मीकी लक्ष्मी थारुले रजत तथा एपिएफकी सिमा कुमारी थारुले काश्य पदक हात पारे । त्यस्तै पुरुष तर्फको ज्याभलिङमा त्रिभुवन आर्मीका रोहीत चौधरीले स्वर्ण जिते भने एपिएफका मनोज डगौराले रजत र पुलिसका बिरेन्द्र चौधरीले काश्य जिते । शुक्रबार भएको लङ्गजम्पको पुरुषतर्फ त्रिभुवन आर्मीका डिल्ली खत्रीले ६ दशमलव ९६ मिटर जम्प हान्दै स्वर्ण जिते । यसै स्पर्धामा कर्णाली प्रदेशका भुवन महतोले रजत तथा पुलिसका गोपाल चौधरीले काश्यमा चित्त बुझाए ।

महिलातर्फको लङ्गजम्पमा पाँच दशमलव २१ मिटर जम्प हानेकी त्रिभुवन आर्मीकी कृष्ण चौधरीले स्वर्ण जितिन् । एपिएफकी सिला चौधरीले रजत जितिन् भने प्रदेश पाँचकी जयरानी चौधरीले काश्य हात पारिन् । यता १५ सय मिटर दौडतर्फ त्रिभुवन आर्मीका टंक कार्की चार दशमलव १९ मिनेटमा दौड पुरा गर्दै स्वर्ण जित्न सफल भए । आर्मीकै उमेश मर्स्याङदी मगरले रजत र एपिएफका सन्तोष बिष्टले काश्य पदक जिते ।

महिलातर्फको १५ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण जितिन् भने प्रदेश ३ की सन्तोषी श्रेष्ठले रजत तथा एपिएफकी फुलमती रानाले काश्य पदकमा चित्त बुझाइन् । यसैगरी, शुक्रबार नै भएको ह्यान्डबलको पुरुषमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ भने प्रदेश-१ ले प्रदेश-२ लाई र एपीएफले प्रदेश-३ लाई ३९-२३ ले पराजित गरे ।

महिलामा गण्डकीले प्रदेश-५ लाई र प्रदेश-३ लाई, आर्मीले कर्णालीलाई, सुदूरपश्चिमले प्रदेश-२ लाई तथा एपीएफले प्रदेश-१ लाई हराए । सेपाकताक्रोको महिला रेगुमा प्रदेश-३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । यस्तै आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न प्रतिस्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भए । आठौँ खेलकुदमाहालसम्म ४१ स्वर्ण, ३१ रजत र २५ कास्यसहित बिभागीय टोली नेपाल आर्मी पहिलो स्थानमा छ ।

यस्तै २० स्वर्ण, १८ रजत र २१ कास्यसहित पुलिस दोस्रो स्थानमा रहँदा १७ स्वर्ण, १५ रजत र २७ कास्य सहित सशस्त्र प्रहरीको एपिएफ तेस्रो स्थानमा छ । प्रतियोगिताको दोस्रो दिनबाट पदक तालिकामा बिभागीय टोलीले बर्चस्व कायम राखेका छन् । बिभागीय टोलीपछि ८ स्वर्ण, १५ रजत र ३३ कास्य जितेको प्रदेश-३ चौथो स्थानमा छ । प्रदेश-२, गण्डकी प्रदेश र शुदुरपश्चिम प्रदेशले समान ६, ६ स्वर्ण जितेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...