YouTube Link

आठौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा बिभागीय टोलीले बर्चस्व कायम

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भएको ज्याभलिङ थ्रोमा चन्द्रकला दामगादेले आफ्नै किर्तिमानमा सुधार गरेकी छिन् । शुक्रबार भएको महिला ज्याभलिङ थ्रोमा चन्द्रकला दामगादेले सातौँ राष्ट्रिय खेलकुदमा बनाएको ४३ दशमलव ९४ मिटरको किर्तिमान सुधार गर्दै ५४ दशमलव पाँच मिटर थ्रो गर्दै स्वर्ण जितेकी हुन् ।

त्रिभुवन आर्मीकी लक्ष्मी थारुले रजत तथा एपिएफकी सिमा कुमारी थारुले काश्य पदक हात पारे । त्यस्तै पुरुष तर्फको ज्याभलिङमा त्रिभुवन आर्मीका रोहीत चौधरीले स्वर्ण जिते भने एपिएफका मनोज डगौराले रजत र पुलिसका बिरेन्द्र चौधरीले काश्य जिते । शुक्रबार भएको लङ्गजम्पको पुरुषतर्फ त्रिभुवन आर्मीका डिल्ली खत्रीले ६ दशमलव ९६ मिटर जम्प हान्दै स्वर्ण जिते । यसै स्पर्धामा कर्णाली प्रदेशका भुवन महतोले रजत तथा पुलिसका गोपाल चौधरीले काश्यमा चित्त बुझाए ।

महिलातर्फको लङ्गजम्पमा पाँच दशमलव २१ मिटर जम्प हानेकी त्रिभुवन आर्मीकी कृष्ण चौधरीले स्वर्ण जितिन् । एपिएफकी सिला चौधरीले रजत जितिन् भने प्रदेश पाँचकी जयरानी चौधरीले काश्य हात पारिन् । यता १५ सय मिटर दौडतर्फ त्रिभुवन आर्मीका टंक कार्की चार दशमलव १९ मिनेटमा दौड पुरा गर्दै स्वर्ण जित्न सफल भए । आर्मीकै उमेश मर्स्याङदी मगरले रजत र एपिएफका सन्तोष बिष्टले काश्य पदक जिते ।

महिलातर्फको १५ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण जितिन् भने प्रदेश ३ की सन्तोषी श्रेष्ठले रजत तथा एपिएफकी फुलमती रानाले काश्य पदकमा चित्त बुझाइन् । यसैगरी, शुक्रबार नै भएको ह्यान्डबलको पुरुषमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ भने प्रदेश-१ ले प्रदेश-२ लाई र एपीएफले प्रदेश-३ लाई ३९-२३ ले पराजित गरे ।

महिलामा गण्डकीले प्रदेश-५ लाई र प्रदेश-३ लाई, आर्मीले कर्णालीलाई, सुदूरपश्चिमले प्रदेश-२ लाई तथा एपीएफले प्रदेश-१ लाई हराए । सेपाकताक्रोको महिला रेगुमा प्रदेश-३ समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । यस्तै आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पहिलो दिन विभिन्न प्रतिस्पर्धाका छनोट चरणका खेलहरु सम्पन्न भए । आठौँ खेलकुदमाहालसम्म ४१ स्वर्ण, ३१ रजत र २५ कास्यसहित बिभागीय टोली नेपाल आर्मी पहिलो स्थानमा छ ।

यस्तै २० स्वर्ण, १८ रजत र २१ कास्यसहित पुलिस दोस्रो स्थानमा रहँदा १७ स्वर्ण, १५ रजत र २७ कास्य सहित सशस्त्र प्रहरीको एपिएफ तेस्रो स्थानमा छ । प्रतियोगिताको दोस्रो दिनबाट पदक तालिकामा बिभागीय टोलीले बर्चस्व कायम राखेका छन् । बिभागीय टोलीपछि ८ स्वर्ण, १५ रजत र ३३ कास्य जितेको प्रदेश-३ चौथो स्थानमा छ । प्रदेश-२, गण्डकी प्रदेश र शुदुरपश्चिम प्रदेशले समान ६, ६ स्वर्ण जितेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...