Rajshow Bivag

मन्डेकाजी सहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मान

Departmant of helth services

काठमाडौं: युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशियाली खेलकुद सागमा दोहोरो स्वर्ण पदक बिजेता कराँतेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य, गल्फका सुवास गुरुङसहित ७ खेलाडीलाई राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत गर्ने भएको छ ।

मन्त्रालयले आवेदन आएका २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ गरी जम्मा ५२ वटा आवेदनहरु प्राप्त भएको र त्यसलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि बमोजिम ९ सदस्य रहेको समितिबाट मूल्यांकन गर्दा उच्चतम अंक प्राप्त गर्ने खेल प्रतिभाहरु र खेलसंघलाई नगद सम्मान गर्ने जनाएको छ ।

यस्तै साईक्लिङकी लक्ष्मी मगर, एत्लेटिक्सकी सन्तोषी श्रेष्ठ, शारीरिक सुगठनका समिर श्रेष्ठ र भारत्तोलनका विकास थापा पनि राष्ट्रिय प्रतिभा सम्मानबाट पुरस्कृत हुने सुचिमा रहेका छन् ।

कराँतेका प्रशिक्षक कुशल श्रेष्ठ र तेक्वान्दो प्रशिक्षक नविनकुमार श्रेक्ष्ठ, जुडोका निर्णायक धर्मकुमार श्रेष्ठ, चिकित्सक डा.ज्ञानेन्द्रविक्रम शाह र नेपाल गल्फ संघलाई पनि पुरस्कृत गरिने मन्त्रालयले जनाएको छ ।

यसबाहेक खेल प्रायोजकमा काठमाडौं महानगरपालिका र कतार एयरवेजलाई खेलकुद विकास र प्रवद्र्घनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीहरुको मनोबल उच्च राख्न पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि २०६८, (तेस्रो संशोधन २०७५ बमोजिम) सदस्य रहेको समितिबाट प्राप्त भएका आवेदनहरुको मूल्यकंन गर्दा उच्चतम अंक प्राप्त गर्नेलाई पुरस्कृत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा नेपाल पाहुना टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १३ बिहीवार १२:१७

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको राष्ट्रिय फोटो पत्रकार समूह...