YouTube Link

विश्वकप छनोट खेलमा ब्राजिल, उरुग्वे र चिली विजयी

Facebook Link

काठमाडौं: रोवर्टाे फिर्मिनोको एक मात्र गोलको मद्दतमा ब्राजिलले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ ।

नेयमार र फिलिप कोउटिन्हो बिना मैदानमा उत्रेको ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा भेनेजुएलालाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो ।

६७ औं मिनेटमा फिर्मिनोले ब्राजिलको लागि गोल गरे त्यो नै निर्णयक गोल रहयो ।

छनोटमा शतप्रतिशत नतिजा निकाल्ने ब्राजिल एक्लो टिम हो ।

दक्षिण अमेरिकी १० राष्ट्र सहभागि छनोटमा तेस्रो चरणको खेल सकिँदा ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।

ब्राजिसँगै अर्जेन्टिना र पाराग्वे छनोटमा अपराजित रहेका छन् ।

७ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ समान ६ अंक रहेको इक्वेडर र उरुग्वे क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

भेनेजुएलाले लगतार तेस्रो हार बेहोरेको हो । भेनेजुएला र बोलिभिया छनोटमा अझै अंकविहिन छन् ।

विश्वकप २०२२ अन्र्तगत शनिबार भएको छनोट खेलमा उरुग्वे र चिली पनि विजयी भएका छन । उरुग्वेले कोलोम्बियालाई ३–०ले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो ।

५४ औं मिनेटमा लुईस सुआरेजले पेनाल्टीलाई सदुपयोग गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए ।

७३ औं मिनेटमा डार्विन नुनेजले उरुग्वेका लागि तेस्रो गोल गरे ।

खेलको अन्तिम समयमा कोलोम्बियाका येरी मिना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोडेदै चौथो स्थानमा उक्लेको छ ।

समान खेलबाट ४ अंक रहेको कोलोम्बिया सातौ स्थानमा छ । छनोटमा कोलोम्बियाको यो पहिलो हार हो ।

यस्तै छनोट अन्तर्गत अर्काे खेलमा चिलीले पेरुलाई २–० ले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गरे ।

भिदालले खेलको २० औं र ३५ औं मिनेटमा गोल गरे ।

दोस्रो हार बेहोेरेको पेरु भने अझै जितको खोजीमा छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौ स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...