Rajshow Bivag

विश्वकप छनोट खेलमा ब्राजिल, उरुग्वे र चिली विजयी

Departmant of helth services

काठमाडौं: रोवर्टाे फिर्मिनोको एक मात्र गोलको मद्दतमा ब्राजिलले फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अपराजित यात्रा कायम राख्दै लगातार तेस्रो जित हात पारेको छ ।

नेयमार र फिलिप कोउटिन्हो बिना मैदानमा उत्रेको ब्राजिलले शनिबार बिहान सम्पन्न खेलमा भेनेजुएलालाई १–० ले पराजित गरेको हो ।

पहिलो हाफमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो ।

६७ औं मिनेटमा फिर्मिनोले ब्राजिलको लागि गोल गरे त्यो नै निर्णयक गोल रहयो ।

छनोटमा शतप्रतिशत नतिजा निकाल्ने ब्राजिल एक्लो टिम हो ।

दक्षिण अमेरिकी १० राष्ट्र सहभागि छनोटमा तेस्रो चरणको खेल सकिँदा ब्राजिल ३ खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ ।

ब्राजिसँगै अर्जेन्टिना र पाराग्वे छनोटमा अपराजित रहेका छन् ।

७ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ समान ६ अंक रहेको इक्वेडर र उरुग्वे क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

भेनेजुएलाले लगतार तेस्रो हार बेहोरेको हो । भेनेजुएला र बोलिभिया छनोटमा अझै अंकविहिन छन् ।

विश्वकप २०२२ अन्र्तगत शनिबार भएको छनोट खेलमा उरुग्वे र चिली पनि विजयी भएका छन । उरुग्वेले कोलोम्बियालाई ३–०ले पराजित गरेको छ ।

खेलको पाँचौ मिनेटमा एडिनसन कभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा दुई गोल गरेको हो ।

५४ औं मिनेटमा लुईस सुआरेजले पेनाल्टीलाई सदुपयोग गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए ।

७३ औं मिनेटमा डार्विन नुनेजले उरुग्वेका लागि तेस्रो गोल गरे ।

खेलको अन्तिम समयमा कोलोम्बियाका येरी मिना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

छनोटमा दोस्रो जित हात पारेको उरुग्वे ३ खेलमा ६ अंक जोडेदै चौथो स्थानमा उक्लेको छ ।

समान खेलबाट ४ अंक रहेको कोलोम्बिया सातौ स्थानमा छ । छनोटमा कोलोम्बियाको यो पहिलो हार हो ।

यस्तै छनोट अन्तर्गत अर्काे खेलमा चिलीले पेरुलाई २–० ले पराजित गरेको छ । चिलीका लागि अर्टुरो भिदालले दुई गोल गरे ।

भिदालले खेलको २० औं र ३५ औं मिनेटमा गोल गरे ।

दोस्रो हार बेहोेरेको पेरु भने अझै जितको खोजीमा छ । ३ खेलबाट १ अंक मात्र रहेको पेरु आठौ स्थानमा छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

मैत्रीपूर्ण फुटबलमा पोखरा फोटोपत्रकार टोली बंगलादेशसँग पराजित

वि.सं.२०८१ वैशाख १५ शनिवार १२:०५

  काठमाडौं: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोखराका फोटपत्रकार टोली बंगलादेशको पाहुना...