YouTube Link

यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाको सानदार सुरुवात

Facebook Link

एजेन्सीः यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह चरणको पहिलो खेलमा बार्सिलोनाले शान्दार जित निकालेको छ ।

गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले हंगेरियन क्लब फेरेन्कभारोसलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, अन्सु फाती, फिलिपे कौटिन्हो, पेड्री र ओसमाने डेम्बेलेले गोल गरे ।

फेरेन्कभारोसका इहोर खराटिनले पेनाल्टी मार्फत एक गोल फर्काए ।

खेलको २७ औं मिनेटमा कप्तान मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ४२ औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा बार्सिलोनाले अग्रता फराकिलो बनायो ।

५२औं मिनेटमा कौउटिन्होले गोल गरे ।

खेलको ६८ ऐन मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । डिफेन्डर जेरार्ड पिकेले पेनाल्टी क्षेत्र भित्र ग्वेलाई लडाएपछि रातो कार्ड सामना गरे ।

उक्त अवसरलाई फेरेन्कभारोसका इहोर खराटिनले गोलमा परिणत गरे ।

खेलको ८२औं मिनेटमा बार्सिलोनाका ओस्माने डेम्बेलेको पासमा पेड्रीले गोल गर्दै खेल ४–१ को अवस्थामा पुर्याए ।

यस्तै ८९औं मिनेटमा कप्तान मेस्सीको पासमा ओस्माने डेम्बेले गोल गरेसँगै बार्सिलोनाले खेलमा सहज जित हात पार्यो ।

जितसँगै समुह ‘जि’ को बार्सिलोनाले आफ्नो समुहमा शीर्ष स्थान कायम गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...