YouTube Link

कोरोना भाइरसविरुद्ध सतर्कता बढाउन पृतनापतिहरुलाई प्रधान सेनापतिको निर्देशन

Facebook Link

काठमाडौं: नेपाली सेनाले जाडो महिनामा अझै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिने निष्कर्ष निकालेको छ ।

आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो महिनामा नेपालमा अझै कोरोना फैलिन सक्ने भन्दै सतर्कता बढाउनुपर्ने उल्लेख गरेका हुन् ।

‘जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने पूर्वानुमान गरिएको छ’, उनले सम्बोधनका क्रममा निर्देशन दिँदै भने, ‘त्यही अनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न लाग्नु होला ।’

प्रधान सेनापति थापाले यस महामारीको समयमा आफ्नो फौज र परिवारका स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन पनि पृतनापतिहरूलाई भनेका छन् । उनले कोभिडका कारण देशमा निस्किएको जटिलताको विश्लेषण गरेर आवश्यकता सतर्कता बढाउन जरुरी रहेको पनि बताएका छन् ।

सम्बोधनका क्रममा थापाले नेपाली सेनालाई प्रणालीमा आधारित बनाउन यो बैठकले थप बल पुर्‍याएको बताउँदै देशको वर्तमान प्रवृत्तिको पनि विश्लेषण गरिएको उल्लेख गरेका छन् । बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धी विषयहरुको कार्य प्रगतिको समीक्षा गरिएको थियो ।

भर्चुअल रुपमा बैठकमा सहभागी पृतनापतिहरूले आ-आफ्नो क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति बारे चर्चा गरेका थिए । उनीहरुले कोभिड-१९ बाट सिर्जित अवस्था र आई पर्नसक्ने सुरक्षा चुनौती एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण पनि गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...