Rajshow Bivag

कोरोना भाइरसविरुद्ध सतर्कता बढाउन पृतनापतिहरुलाई प्रधान सेनापतिको निर्देशन

Departmant of helth services

काठमाडौं: नेपाली सेनाले जाडो महिनामा अझै कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिने निष्कर्ष निकालेको छ ।

आइतबारदेखि जंगी अड्डामा सञ्चालन भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’को समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो महिनामा नेपालमा अझै कोरोना फैलिन सक्ने भन्दै सतर्कता बढाउनुपर्ने उल्लेख गरेका हुन् ।

‘जाडो मौसमका कारण कोभिड-१९ को महामारी बढ्दै जाने पूर्वानुमान गरिएको छ’, उनले सम्बोधनका क्रममा निर्देशन दिँदै भने, ‘त्यही अनुसार सबै पृतनाहरूले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्न लाग्नु होला ।’

प्रधान सेनापति थापाले यस महामारीको समयमा आफ्नो फौज र परिवारका स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्‍याउन पनि पृतनापतिहरूलाई भनेका छन् । उनले कोभिडका कारण देशमा निस्किएको जटिलताको विश्लेषण गरेर आवश्यकता सतर्कता बढाउन जरुरी रहेको पनि बताएका छन् ।

सम्बोधनका क्रममा थापाले नेपाली सेनालाई प्रणालीमा आधारित बनाउन यो बैठकले थप बल पुर्‍याएको बताउँदै देशको वर्तमान प्रवृत्तिको पनि विश्लेषण गरिएको उल्लेख गरेका छन् । बैठकको क्रममा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयबाट आ-आफ्नो विभागको जिम्मेवारी सम्बन्धी विषयहरुको कार्य प्रगतिको समीक्षा गरिएको थियो ।

भर्चुअल रुपमा बैठकमा सहभागी पृतनापतिहरूले आ-आफ्नो क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति बारे चर्चा गरेका थिए । उनीहरुले कोभिड-१९ बाट सिर्जित अवस्था र आई पर्नसक्ने सुरक्षा चुनौती एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतिकरण पनि गरेका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

संसद्‌मा गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने

वि.सं.२०८१ जेठ ६ आइतवार १७:३७

  काठमाडौं: प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन...

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४६

  काठमाडौं: नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल...

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

कांग्रेसको नेतृत्वमा विपक्षी मोर्चाको बैठक बस्दै

वि.सं.२०८१ जेठ ६ आइतवार ११:३२

  काठमाडौं: नेपाली कांग्रेसको नेतृत्वमा प्रतिपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ६ आइतवार ११:०६

  काठमाडौं: सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सहमतिपछि...

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

लापसे चेकिङमा ६ जना चालक नागढुङ्गाबाट पक्राउ

वि.सं.२०८१ जेठ ५ शनिवार ११:१५

  काठमाडौं: लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६...

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

चार एसएसपीको डीआईजीमा बढुवा सिफारिस

वि.सं.२०८१ जेठ ५ शनिवार १०:४३

  काठमाडौं: सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ...