YouTube Link

सुपर ओभरमा किङ्स इलाभेन पन्जाबको जित

Facebook Link

एजेन्सीः किङ्स इलाभेन पन्जाबले इण्डियन प्रिमियर लिग (आइपीइल) क्रिकेटमा तेस्रो जित हात पारेको छ ।

गएराति सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै पञ्जाबले तेस्रो जित हात पारेको हो ।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएपछि खेलको नतिजाका लागि सुपर ओभर भएको थियो ।

पहिलो सुपर ओभर पनि बराबरीमा सकिएपछि नतिजाका लागि दोस्रो सुपर ओभर भएको थियो ।

पहिलो सुपर ओभरमा पन्जाबले २ विकेट गुमाएर न्युन योगफल बनाउन सक्यो ।

पञ्जाबको टिमलाई मुम्बईका जसप्रित बुम्राहले मात्र ५ रन दिएका थिए ।

जवाफमा ६ रनको लक्ष्य पछ्याएको मुम्बईले पनि १ विकेट गुमाएर ५ रन मात्र बनायो ।

पहिलो सुपर ओभरमा मुम्बईका रोहित शर्मा र क्विन्टन डी कक ब्याटिङमा आएका थिए भने पञ्जाबका मोहमद सामीले बलिङ गरेका थिए ।

पहिलो सुपर ओभर समेत बराबर भएपछि खेलको नतिजाका लागि दोस्रो पटक सुपर ओभर भयो ।

दोस्रो सुपर ओभरमा कायरन पोलार्डले ५ बलमा ८ रन बनाएपछि पहिले ब्याटिङ गर्दै मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो ।

१२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा चौथो बलमा पुरा गर्यो ।

पञ्जाबका क्रिस गेलले २ बलमा ७ रन र मयंक अग्रवालले २ बलमा ८ रन हिर्काउँदै लक्ष्य पुरा गरे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

जितसँगै पन्जाबले १३ औं संस्करणको आइपीएलमा तेस्रो जित निकालेको हो ।

पन्जाबसँग पराजित भएपछि मुम्बईले भने शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...