YouTube Link

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक दशैंपछि बस्ने

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक दशैं पछि मात्र बस्ने भएको छ ।

मन्त्रीपरिषद्को २९ गते बसेको बैठकले राखेपका ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेपको बोर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबन्दना राई, सुमित्रा चौधरीलाई मनोनित गरेका थिए ।

यस्तै परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलकुद संघको सिफारिसमा रेनुका श्रेष्ठ र सुवर्णा श्रेष्ठलाई नियुक्त गरेका थिए ।

नयाँ राष्ट्रिय खेलकुद विकास ऐन अनुसार खेलकुद मन्त्री विश्वकर्माले साउन १५ गते ६ जना बोर्ड सदस्य नियुक्त गरेका थिए । मन्त्री विश्वकर्माले बोर्ड सदस्यको रुपमा रिम रानाभाट, इन्दिरा निरौला, गोविन्द भट्टराई, अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनित गरेका थिए ।

नयाँ ऐनले ३७ सदस्यीय राखेपको बोर्डको परिकल्पना गरेको छ । मन्त्रीपरिषद्ले नयाँ ऐन अनुसार राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव कोइरालालाई नियुक्त गरिसकेको छ ।

खेलकुद ऐन अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा दुई पटक बस्ने उल्लेख छ । सदस्य सचिवले अध्यक्ष अर्थात खेलकुद मन्त्रीसंगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना बैठक हुनु ७ दिन अघि सबै सदस्यलाई पठाउनुपर्ने उल्लेख छ ।

बोर्डले मुख्य रुपमा परिषद्को वार्षिक योजना, कार्यक्रम तथा बजेट स्वीकृत गर्ने ऐनमा उल्लेख छ । ऐन कार्यान्व्यनमा आएको झण्डै ४ महिना बित्न लाग्दा समेत बोर्ड बैठक बस्न सकेको छैन ।

नयाँ ऐनले राखेप सञ्चालनको जिम्मेवारी ७ सदस्यीय कार्यकारी समितिलाई दिएको छ । खेलकुद मन्त्री विश्वकर्माले दशैं पछि बस्ने बोर्ड बैठक कार्यकारी समितिका विषयमा निर्णय गर्ने बताए ।

कार्यकारी समितिको बाँकी ४ सदस्यमा परिषद् अध्यक्षको रुपमा खेलकुद मन्त्रीले कम्तीमा एक महिला सहित दुई जना र परिषद्ले कम्तीमा एक महिला सहित दुई जना सिफारिस गर्ने उल्लेख छ । आगामी बोर्ड बैठकले परिषद्को कार्यकारी समितिमा रहने २ सदस्यको विषयमा समेत निर्णय लिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...