YouTube Link

राजेश हमालले गरेकाे याे अदम्य साहसकाे सम्मान गराै, समाज रुपान्तरण अभियानमा साथ दिउँ

Facebook Link

छाउपडी प्रथा भन्दा पनि भयानक छ छुवाछूत प्रथा । यसको समुल अन्त्यको लागि कृश्चियनसँग सम्बन्धित संस्थाले मात्र होइन अब मुस्लिम, बौद्ध, हिन्दू वा अन्य जुनसुकै धर्मसँग सम्बन्धित संस्थाले पनि यो छुवाछूत जस्तो कुप्रथाको बिरुद्धमा जनचेतनामुलक अभियान चाल्नु पर्दछ । राष्ट्रियता भनेको भूगोल मात्र होइन जाति जाति पनि हो । समाज रुपान्तरण अभियानमा सबैले साथ दिउँ ।

केही महिना यता समता फाउन्डेसनको आयोजनामा महानायक राजेश हमालद्वारा सञ्चालित “जातको प्रश्न” कार्यक्रम यतिबेला नेपाली समाजमा बहसको बिषय मात्र बनेन, हिन्दूवादी संगठनले उक्त कार्यक्रमलाई जातीय र धार्मिक द्वन्द फैलाएको आरोप लगाउँदै हमालको पुत्ला र तस्वीरहरू दहन गर्दै उहाँ र आयोजक समता फाउन्डेसन विरुद्धमा चर्को नाराबाजी गर्दै उक्त कार्यक्रमको खारेजीको माग समेत गरेका छन् ।

हरेक हप्ताको आइतबार साँझ ६:३० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त “जातको प्रश्न” कार्यक्रम मलाई अत्यन्तै रोचक र समाजको कुरीति, कुसंस्कार विरुद्धमा सुरू गरिएको एक सन्देशमूलक कार्यक्रम लाग्दछ । त्यसैले म उक्त कार्यक्रम नियमित रूपमा हेर्ने गर्छु ।

उक्त कार्यक्रममा कुनै जातीय वा धार्मिक द्वेष वा द्वन्द्व फैलाउने सामाग्रीहरू प्रस्तुत हुने नभएर नेपाली समाजलाई कसरी छुवाछूत मुक्त गराउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर देशका विद्वान, बुद्धिजीवी र दिग्गज ब्यक्तित्वहरूलाई आमन्त्रण गरि अन्तर्वार्ता लिने गरिन्छ ।

जसमा अहिलेसम्म पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, वर्तमान कानूनमन्त्री शिवमाया तुम्बाहाम्फे, दलित अगुवा तथा राजनैतिक बिश्लेषक विश्वभक्त दुलाल “आहुती” लगायत थुप्रै नेता तथा बुद्धिजीवीदेखि लिएर जातीय आधारमा हुने सबैखाले विभेद र छुवाछूत उन्मुलनको पक्ष र अभियानमा लागेका विभिन्न प्रबुद्ध ब्यक्तित्वहरू, मानवअधिकारकर्मीहरू, कलाकर्मीहरू र बिश्लेषकहरूको प्रत्यक्ष संवादलाई समेटेर प्रस्तुत गर्ने गरिन्छ ।

हामी २१औं शताब्दीको सभ्य मानब समाज हौं भनेर गर्व गर्नेहरूले राजेश हमालले चलाएको कार्यक्रम “जातको प्रश्न” लाई बिरोध होइन गर्वका साथ सहयोग चाहिँ गर्नुपर्दछ ।

यतिबेला महानायक राजेश हमाल जातको कारण अछुत बनाई कथित उपल्लो जातले तल पारिएको ठूलो समुदायमाथि गरिएको सामाजिक अपराध अन्त्य गर्ने महान अभियानमा नि:स्वार्थ रूपमा जुट्नु भएको छ । जातीय विभेद र छुवाछूत बिरुद्धमा कठोर ऐन-कानूनहरू बनिसकेका छन् । तर समाजमा दलितमाथि हुने अन्याय, अत्याचार र बिभेदको भने अन्त्य हुन सकेको छैन ।

यसको मुख्य कारण के हुनसक्छ ? र नागरिकको तर्फबाट के भूमिका हुनु पर्दछ ? भन्ने विषयमा छलफल हुनु आफैंमा गलत होइन । यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकै कारण उहाँलाई विभिन्न आरोप लगाइएको छ । महानायक हमाल पद, प्रतिष्ठा र पहुँचको भोका हुन् भन्नेमा न त शंका गर्ने ठाउँ छ न त कुनै धार्मिक संस्थाद्वारा परिचालित नै हुनुहुन्छ ।

राजेश हमाल आफैं हिन्दू धर्ममा आस्था राख्नु हुन्छ । तीन करोड जनताले स्वत:स्फूर्त दिएको महानायकको पदवी त छँदैछ त्यसबाहेक पुर्ख्यौली सम्पति पनि राम्रै छ र आफूले पनि टन्नै कमाएका छन् । तर पनि उनी यो कार्यक्रम गर्नको लागि अघि सरेका छन् । जसले सिङ्गो समाजलाई नै परिवर्तन गर्न सक्दछ ।

उनी जस्तो अङ्ग्रेजी बिषयमा मास्टर डिग्री गरेका शिक्षित ब्यक्तिलाई यो बिषयमा बोल्दा बिबाद आउने कुराको ज्ञान नभएको पक्कै होइन । तर पनि उनले आफ्नो सम्पूर्ण मान ईज्जत क्यारियर दाउमा लगाएर यो कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

किनकी उहाँले राम्रोसँग बुझेका छन् कि आजको २१औं शताब्दीमा पनि एउटा मानवले अर्को मानवलाई गरेको अमानबीय व्यवहार र अपराधको विरुद्धमा उभिएका छन् । उनी सत्यको बाटोमा हिँड्ने र अरूलाई पनि हिडाउने अभियानमा लागेका छन् ।

करिब ६० लाख दलित समुदायलाई छुवाछूत र सामाजिक बिभेदबाट मुक्त गराउन लागि परेका छन् । यस्तो अदम्य साहस र हिम्मत कुनै सर्वसाधारण मानबले गर्न सक्दैन । त्यसैले राजेश हमाल महानायक मात्रै होइनन्, उनी महामानव पनि हुन् । उहाँले सुरू गर्नुभएको समाज परिवर्तन गर्ने यस महान अभियानमा राज्य लगायत हामी सबै न्यायप्रेमी जनताले साथ दिनुपर्दछ । धन्यवाद ।

याे सामग्री -झहरमान थुप्पाेकाे थेबेकाे फेसबुकबाट लिइएकाे हाे

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...