चितवनमा कोरानाका कारण एकको मृत्यु
वि.सं.२०७७ असोज २७ मंगलवार ०९:०९
1.3K
shares
चितवन : कारोनाका कारण मृत्यु हुनेहरुको संख्या बढ्दैछ । यसैबीच चितवन जिल्लामा कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको सोमबार राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालका संचार संयोजक डा.किशोर अधिकारीले जानकारी दिए ।
यही असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए भने कोभिड आइसीयूमा उपचाररत थिए । हालसम्म कारोनाका कारण चितवनमा मृत्यु हुने ३६ जना पुगेको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार ०९:०९



















