YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले चौंथो जित, सनराइजर्स ६ विकेटले पराजित

Khanepani Dhal
Facebook Link

एजेन्सी: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले चौंथो जित निकालेको छ । सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौंथो जित निकालेको हो ।

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित रहदै ७१ रनको योगदान दिए । यस्तै अग्रवाल ५५ रनमा आउट भए । यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । राशिद खान र सिद्दार्थ काउलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए । पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

जितसंगै पन्जाबले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । हैदरावादले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको चौंथो स्थानमा रहेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

न्यूरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै

वि.सं.२०८१ माघ १३ आइतवार ११:१६

काठमाडौं: नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा...

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

सभापति कपमा आज मच्छिन्द्र र एपीएफ भिड्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार ११:०२

काठमाडौं: सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय क्लब एपीएफ...

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै

वि.सं.२०८१ माघ ११ शुक्रवार १०:३५

काठमाडौं: आइसिसी यु-१९ महिला विश्वकपमा नेपालले आज घरेलु टोली मलेसियासँग...

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...