YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले चौंथो जित, सनराइजर्स ६ विकेटले पराजित

Facebook Link

एजेन्सी: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले चौंथो जित निकालेको छ । सोमबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै पन्जाबले चौंथो जित निकालेको हो ।

चन्द्रीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको १५१ रनको लक्ष्य पन्जाबले १९ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेले । राहुलले अविजित रहदै ७१ रनको योगदान दिए । यस्तै अग्रवाल ५५ रनमा आउट भए । यस्तै क्रिस गेल १६ रनमा आउट हुँदा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करण ५ रनमा अविजित रहे । हैदरावादका सन्दीप शर्माले २ विकेट लिए । राशिद खान र सिद्दार्थ काउलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए । पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

जितसंगै पन्जाबले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । हैदरावादले ६ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको चौंथो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...