इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लियो
वि.सं.२०७५ चैत २६ मंगलवार ०९:१८
795
sharesएजेन्सी: चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडलाई २–० ले पराजित गरेको छ । वेस्टह्यामाथिको जितसँगै चेल्सी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ । यससँगै चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिग खेल्ने सम्भावना जीवितै राखेको छ । प्रिमियर लिगका शीर्ष चार टोलीले सिधै च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।
चेल्सीको ३३ खेलबाट ६६ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको ६४ तथा आर्सनलको ६३ तथा म्यानचेस्टर युनाइटेडको ६१ अंक रहेको छ । शीर्षस्थानको लिभरपुलको ८२ तथा म्यानचेसटर सिटीको ८० अंक रहेको छ । घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जिताउन दुवै गोल हजार्डले पहिलो र दोस्रो हाफमा गरे । खेलको २४औं मिनेटमा हजार्डले मैदानको मध्यभागबाट बल अघि बढाउदै चार खेलाडीलाई छलाउदै एकल प्रयासमा चेल्सीलाई अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसरहरु खेलर फालेको थियो । तर, खेलको अन्त्यतिर हजार्डले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । वैकल्पिक खेलाडी रोस बार्कलीको पासमा अनमार्क रहेका हजार्डले दोस्रो बार च्याप्दै गोल गर्न सफल भएका थिए ।
वि.सं.२०७५ चैत २६ मंगलवार ०९:१८