YouTube Link

जातको नाममा बलात्कार !

Facebook Link

काठमाडौ : हत्तपत्त हामी यस्तो कुरामा दिमाग नै लगाउँदैनौँ कि, अपराधसँग पनि सामाजिक विभेदमा परेका समुदायको सकारात्मक वा नकारात्मक सम्बन्ध हुँदो रहेछ ।

महान्यायाधिवक्ता कार्यालय, नेपाल प्रहरी र सर्वोच्च अदालतको पछिल्लो अध्ययनले यस्तो देखाएको हो ।

बढ्दो बलात्कार तथा त्यसपछि सिर्जित अन्य अमानवीय घटनाको चपेटामा पर्ने मानिसहरू, अर्थात् पीडितहरूको अभिलेख अध्ययन गर्दा वर्षौंदेखि रुढीग्रस्त मानसिकताका कारण विभेदमा पर्ने दलित समुदायको संख्या बढी छ । भर्खरै बझाङकी १२ वर्षिया सम्झना बिकमाथि त्यस्तो घटना आइलाग्यो ।

दलितमाथि एकातिर छुवाछुतको अत्याचार, अर्कातर्फ पाशविक तवरले गरिने अनेकन जघन्य अपराधको शिकार पनि उनीहरू नै !

यससँगै, अपराध गर्ने कसुरदारमध्ये जातको राष्ट्रिय प्रतिशतमा जनजातिको संख्या बढी भएको सरकारी अभिलेख छ । सामाजिक सुधार वा कानुन सुधार गर्दा यी कुराको विश्लेषण नगरी नहुने अवस्था छ । किन दलितका सन्तान बलात्कृत भए ? बोक्साबोक्सीबाट किन कमजोर वर्ग मात्रै प्रताडनामा परे ? किन आदिवासी, जनजाति समुदायका मानिसमा आपराधिक प्रबृत्ति मौलायो ?

यी कुरालाई दृष्टिगत गरेर दुई वर्षअगाडि मात्रै जारी भएको फौजदारी अपराध संहितालाई सुधार गर्ने बेला भइसक्यो ।

जस्तो कि, एसिड प्रहारका कारण जीवन बाँचे पनि मरेतुल्य भएका पीडितहरूले पुनर्जीवनझैँ अनुभूत गर्ने गरी अस्ति अध्यादेश पाए । तर, सामाजिक अपराध नियन्त्रणका लागि एसिडसम्बन्धी कानुनमात्रै पर्याप्त छैन । त्यसैले अहिले केही नयाँ–नयाँ विषयका कानुनको मस्यौदा कोर्न पर्नेछ । जस्तो कि, बोक्साबोक्सीसम्बन्धी कानुन । भर्खरै बोक्सीका नाममा तराईमा ११ वटा अमानवीय तथा पाशविक घटना भए । त्यसक्रममा सबभन्दा बढी गरिब महिलामाथि प्रताडना भएको छ ।

अर्को हो, एसिडजत्तिकै पेट्रोल, मट्टितेलसहितका रसायनबाट गरिने आक्रमणबाट पीडित हुनेको संख्या बढ्नु । संख्याको हिसाबले एसिडभन्दा अन्य रसायनको प्रयोगबाट हुने अपराधको संख्या बढी रहेको तथ्यांक कानुन मन्त्रालयले संकलन गरेको छ ।

त्यसो त कानुन बनाउँदैमा अपराध घट्ने होइन । बलात्कार गरेर मान्छे मारेको छ भने बाँचुञ्जेल जेल बस्नुपर्छ । तर, समाजमा कानुनबारे थाहा पाई–पाई अपराध गर्ने प्रवृत्ति व्याप्त छ । बझाङ बलात्कार घटनाका दोषी १८ वर्षीय युवकले कानुन थाहा नपाएर बालिकाको बलात्कारपछि हत्या गरेका हैनन् । थाहा पाएरै, शक्ति प्रयोग गरेर जोगिन्छु भन्ने विश्वासका साथ पटक–पटक र फरक–फरक बालिकामाथि त्यस्तो कसुर गरेका हुन् ।

अपराधशास्त्रले अपराध नियन्त्रणको अन्तिम उपाय कानुनलाई मान्दैन । कानुन भनेको अपराधपूर्व सचेतनाको सूचक हो, अपराधपछि दण्डको आधार हो । तर, यो अपराध रोकथामको अचुक विधि होइन । यदि कानुन बनेकै कारण मात्र अपराध नहुने हो भने चीनसहित थुप्रै देशमा भ्रष्टाचार गर्नेलाई फाँसीको सजायँ छ । तर, पनि ती देशमा भ्रष्टाचार शून्यमा पुग्न सकेका छैनन् । आजको जनआस्थाबाट

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...