YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बैंग्लोरको विजयी सुरुवात

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी सुरुवात गरेको छ ।

बैंग्लोरले हैदराबादलाई १० रनले पराजित गरेको हो ।

बैंग्लोरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९ दशमलव ४ ओभरमा १ सय ५३ रन बनाएर अल आउट भयो ।

हैदराबादका जोनी वेरस्टोले ६१ रन बनाए पनि हार टार्न सकेनन् । मनिष पाण्डेले ३४ र पुनम गर्जले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

ओपनर डेभिड वार्नर ६, विजय संकर शुन्य रनमा आउट हुँदा रसिद खानले ६, अभिषेक शर्माले ७ रन बनाए । यस्तै भुवनेश्वर कुमार र मिचेल मार्सले खाता खोल्न सकेनन् ।

बैंग्लोरका युजवेन्द्र चाहलले ३, शिभव दुबेले २ र नवोदित शैनीले २ विकेट लिए । यस्तै डेल स्टेनको नाममा १ विकेट रहयो ।

यसअघि पहिले ब्याटिङ गरेको बैंग्लोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर्स बैंग्लोरले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतीमा १ सय ६३ रन बनायो ।

बैंग्लोरका लागि डेब्यु खेलमा देवदत्त पाडिक्कलले सर्वाधिक ५६ रन बनाए, भने एभिडेभिलियर्सले पनि अर्धशतकिय पारि खेले । कर्नाटकाबाट २०१९ मा बैंग्लोर आवद्ध भएका पाडिक्कलले डेब्यू खेलमा ओपनरको रुपमा उत्कृष्ट ब्याटिङ गर्दै ८ चौकाको मद्दतमा ४२ बलमा ५६ रन हिर्काए ।

पाडिक्कलले अर्का ओपन एरोन फिन्चसँग ११ ओभर खेल्दै ९० रनको साझेदारी गरे । फिंच २९ रनमा आउट भए । यस्तै डेभिलियर्सले पनि अर्धशतकीय पारि खेले । उनले ५१ रन बनाउँदा कप्तान विराट कोहली १४ रन बनाएर आउट भए । शिभव दुबे ७ र जोस फिलिपे १ रनमा नटआउट रहे ।

हैदराबादका अभिषेक शर्मा, विजय संकर र थंगारसु नटराजनले समान एकएक विकेट लिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी निर्मम

वि.सं.२०८३ साउन ८ शुक्रवार ११:४४

आन्तरिक शान्ति-सुरक्षासँगै प्रमुख कार्यादेशमध्येको राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरी बल,...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...