YouTube Link

खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी

Facebook Link

 

 

काठमाडौं: तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले काठमाडौं जिल्ला तेक्वान्दो संघको कार्यावाहक अध्यक्षको जिम्मेवारी पाएका छन् ।

जिल्ला संघको मंगलबार बसेको कार्यसमितिको बैठकले खड्कालाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष प्रमोद पराजुलीले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । त्यस ठाउँमा जिल्ला कार्यसमितिका उपाध्यक्ष खड्कालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

निवर्तमान अध्यक्ष पराजुलीले तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, कार्यसमितिका पदाधिकारी र तेक्वान्दो डोजाङका प्रमुख लगायतको उपस्थितिमा भएको कार्यक्रममा खड्कालाई कार्यसमितिको निर्णय पुस्तिका हस्तान्तरण गरे ।

सो अवसरमा पराजुलीले खड्कालाई कार्यकाल पूर्ण सफलताका शुभकामना दिदै सबैको सरसल्लाह लिएर तेक्वान्दोको विकासमा लाग्न सुझाए ।

अध्यक्ष खड्काले तेक्वान्दोका अग्रज र साथीभाइको सुझाव-सल्लाह अनुसार अगाडि बढ्ने बताउदै कार्यसमितिलाई देशकै नमुना संघका रुपमा स्थापित गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष खड्काले खेलाडीका रुपमा  १९ अन्तर्राष्ट्रिय स्वर्ण जितेका छन् भने केयौं पटक उत्कृष्ट निर्णायक पनि चुनिएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दो तीनै विधाका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

खड्काले डाँछीमा  सञ्चालन गर्दै आएका नेप्लिज तेक्वान्दो एकेडेमीमा आर्थिक अवस्था कमजोर भएका १५ जनालाई निःशुल्क प्रशिक्षण गराउदै आएका छन् भने  २०७२ सालको भूकम्प पीडित र हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरस (कोभिड– १९) बाट समस्यामा परेका खेलाडीको उपचार र खेलाडीका परिवारलाई आर्थिक सहयोग गर्दै आएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...