यूएईमा आइपीएल गर्न भारत सरकारले दियो अनुमति
वि.सं.२०७७ साउन १९ सोमवार ०९:५९
1.6K
shares
एजेन्सीः इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट यूएईमा हुने पक्का भएको छ ।
कोरोना भाइरसको महामारीले भारतमा हुन नसकेको १३औँ संस्करणको आइपीएल यूएईमा गर्न भारत सरकारले अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले आइतबार भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म हुने बताईसकेको थियो । बीसीसीआईको उक्त प्रस्ताव भारत सरकारले स्वीकार गरेको हो । यूएईमा आईपीएल आयोजना हुन लागेको यो दोस्रो पटक हो ।
वि.सं.२०७७ साउन १९ सोमवार ०९:५९




















