YouTube Link

१३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेतालाई नेपाली कांग्रेसद्वारा सम्मान

Facebook Link

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

१३औं सागमा नेपालले व्यक्तिगत र टिम स्पर्धामा गरी विभिन्न १३ खेलमा एतिहासिक ५१ स्वर्ण जितेको थियो । ५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १ औं सागमा नेपालले दोश्रो स्थान हासिल गरेको थियो ।

१३औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो । नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोश्रो भएको थियो । त्यत्तिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो ।

साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो । त्यत्ति बेला व्यक्तिगत स्पर्धाका विजेतालाई सम्मान गर्ने घोषणा गरेपनि टिम स्पर्धाका स्वर्णधारीलाई पनि सम्मान गर्ने विषयमा छलफल गरी निर्णय लिने विभागका प्रमुख मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएका थिए ।

सोही अनुरुप एकल र टिम स्पर्धाका स्वर्ण विजेतालाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा शुक्रबार सम्मान गरिएको हो । एक स्वर्ण विजेतालाई १० हजार, दोहोरो स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ रहेका छन् । पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन् । व्यक्तिगत स्पर्धा र टिम स्पर्धाका स्वर्ण विजेतालाई समान १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पौडीका खेलाडी गौरीका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे ।

कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पुरयाउने व्यवस्था मिलाउने विभागले जनाएको छ ।

नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा देउवाले १३औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरे ।

विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासंगै प्रशिक्षकलाई पनि क्रमैसंग सम्मान गर्ने प्रतिबद्धता जनाउदै ओलम्पिकमा सहभागी हुने खेलाडी र प्रशिक्षकको नामवली पाए १० दिनभित्र उनीहरुको कोरोना विमा गर्न विभाग तयार रहेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पुरयाउन सहज हुने बताउँदै खेलाडीलाई सम्मान गरिदिएकोमा विभागलाई धन्यवाद दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...