YouTube Link

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोक्कियो, उपाधि होडमा धक्का

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेलेको छ । मंगलबार राति घरेलु मैदानमा बार्सिलोनाले बराबरी खेल्दै अंक बाँडेको हो । लियोनल मेस्सीले ७ सय गोलको कोशेढुङ्गा पार गरेको खेलमा बार्सिलोनाले जित निकाल्न असफल रह्यो । बराबरीको नतिजासंगै उपाधि होडमा रहेको बार्सिलानालाई गम्भिर धक्का लागेको छ । उसले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

डिएगो कोस्टाको आत्मघाति गोलसंगै बार्सिलोनाले १२औं मिनेटमा खेलमा अग्रता बनाएको थियो । साउल निगाजले १९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई बराबरीमा पुर्याएका थिए ।

लियोनल मेस्सीले ५० औं मिनेटमा पेनाल्टीमा बार्सिलोनालाई २–१ को अग्रता दिलाएका थिए । तर ६२औं मिनेटमा निगाजले पेनाल्टीमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

मेस्सीले फुटबल करियरमा ७ सय गोलको कोशेढुङ्गा पार गरे । बार्सिलोनाका सर्वाधिक गोलकर्ता समेत रहेका मेस्सीले क्लब र देशका लागि सो गोलको कोशेढुङ्गा पार गरेका हुन् । पेनाल्टी गोलसंगै मेस्सीले बार्सिलोनाका लागि ७ सय २४ खेलमा ६ सय ३० गोल पुरा गरे ।

लिग तालिकामा बार्सिलोनाको ७० अंक भएको छ । शीर्ष स्थानको रियलको ७१ अंक छ । एट्लेटिको ५९ अंक सहित तेस्रो स्थानमा छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा एक अंकले पछि परेको छ । एट्लेटिकोसँग बराबरीको नतिजासंगै बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनमाथि दबाब थपिएको छ । पछिल्लो खेलको नतिजासंगै उपाधि होडमा रियल मड्रिडको हात माथि परेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...