स्पेनिस ला लिगा फुटबलमा आज चार खेल हुँदै, शिर्ष स्थानका लागि बार्सिलोनाले सेल्टासँग खेल्दै
वि.सं.२०७७ असार १३ शनिवार १७:०८
1K
shares
एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा आज चार खेल हुँदैछ । ला लिगा अन्तर्गत आज उपाधि दाबेदार बार्सिलोनाले सेल्टा भिगोको सामना गर्नेछ । बार्सिलोनाले सेल्टासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
सेल्टाको मैदानमा बार्सिलोना जितको खोजीमा हुनेछ । प्रतिद्वन्द्वी सेल्टालाई हराएर बार्सिलोना उपाधि होड कायम राख्न चाहन्छ । लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ६८ अंक जोडेको छ । र, सेल्टालाई पराजित गरेमा बार्सिलोनाले रियल मड्रिडलाई ३ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लने छ ।
सेल्टा ३३ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ । घरेलु मैदानमा बार्सिलोनालाई हराएर सेल्टा अंक तालिका सुधार गर्ने योजनामा हुनेछ । ला लिगा अन्तर्गत नै अर्को खेलमा एट्लेटिको मड्रिडले डिपोर्टिभो अलाभेससँग खेल्नेछ । त्यस्तै ओसासुनाले लेगानेस तथा एथ्लेटिक बिल्बाओले मालोर्कासँग खेल्नेछ ।
वि.सं.२०७७ असार १३ शनिवार १७:०८




















