इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीसँग म्यानचेस्टर सिटी पराजित
वि.सं.२०७७ असार १२ शुक्रवार १०:२७
1.3K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी चेल्सीसँग २-१ गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन क्रिस्टियन पुलिसिच र विलियनले एक एक गोल गरे । सिटीका केभिन डी ब्रुयनले एक गोल फर्काए ।
रोमान्चक बनेको खेलको ३६ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, ५५ औं मिनेटमा ब्रुयनले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा फेर्नान्डिन्होले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटियो ।
त्यसको एक मिनेट नबित्दै चेल्सीले पेनाल्टी प्राप्त गर्यो । जसमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए । चेल्सीको जितसँगै लिभरपुलले प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुललाई उपाधिका लागि एक जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि लिभरपुल च्याम्पियन बनेको हो ।
वि.सं.२०७७ असार १२ शुक्रवार १०:२७




















