YouTube Link

ईङ्गलिश प्रिमियर लिगमा वुल्भ्स् र क्रिष्टल प्यालेसको जित, लेष्टर र वाट्फोर्डले खेले बराबरी

Facebook Link

एजेन्सीः ईङ्गलिश प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा वुल्भ्सले वेस्ट ह्यामलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वुल्भ्सले आगामी च्याम्पियन्सलिगमा पुग्ने आशालाई बलियो बनाएको छ ।

वेस्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको पहिलो खेलको हाफमा गोलरहित बराबरी टुंगिएको थियो । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको ७३औं मिनटमा वुल्भ्सका लागि पहिलो गोल एडामा ट्राओरेको पासमा जिमिनेजले गरेका थिए । यसपछि ट्राओरेकै पासमा पेड्रो नेटोले वुल्भ्सका लागि दोश्रो गोल गरे । यससँगै वुल्भ्सले खेल आफ्नो पक्षमा पार्या । जितसँगै ३० खेलबाट ३६ अंक जोड्दै वुल्भ्स छैठौ स्थानमा उक्लियो भने वेस्टह्याम रेलिगेशन जोनको खतरामा पुगेको छ ।

शनिबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले बोर्नेमाउथमाथि २–० को जित निकाल्यो । जितसँगै दुई स्थान सुधार गर्दै क्रिष्टल ९औं स्थानमा उक्लिएको छ भने रेलिगेशन जोनमा यथावत नै छ । क्रिष्टलको ३० खेलमा ४२ अंक छ भने बोर्नेमाउथको समान खेलमा २७ अंक छ ।

 

 

यसैबीच शनिबार राती नै भएको इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी वाट्फोर्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । वाट्फोर्डको मैदानमा भएको रोमान्चक खेलमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा लेष्टरले बराबरी खेलेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९०औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाए । वाट्फोर्डसँगको बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३० खेलमा ५४ अंक जोडेको छ ।

लेष्टर शीर्ष स्थानको लिभरपुल भन्दा २६ र दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ६ अंकले पछि रहेको छ । बराबरीसँगै वाट्फोर्ड रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ । १६ औं स्थानमा रहेको वाट्फोर्डको २८ अंक रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...