पोर्चुगलको शीर्ष डिभिजनको लिग फुटबल प्रिमिरा लिग जुन ४ बाट सुरु हुने
वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:१६
1.4K
shares
एजेन्सीः पोर्चुगलको शीर्ष डिभिजनको लिग फुटबल प्रिमिरा लिग जुन ४ बाट सुरु हुने भएको छ । कोरोना भाईरसका कारण अबरुद्ध बनेको लिग जुन ४ बाट सुरु हुने घोषणा गरिएको हो । पोर्चुगलको शीर्ष डिभिजनको लिग मार्च १२ बाट अनिश्चित समयका लागि स्थगित भएको थियो ।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले गत महिना लिग फुटबल बन्द रंगशालामा खेलाउन अनुमति दिएका थिए । उनले मे ३० पछि लिग फुटबल सुरु गर्न आग्रह गरेका थिए । सरकारको अनुमतिसँगै जुन ४ बाट पोर्चुगलको शीर्ष डिभिजनको लिग सुरु गर्ने घोषणा गरिएको हो । पोर्चुगलको लिग कमिटिले २५ औ चरणको खेलहरु जुन ४ मा सुरु हुने बताएको हो ।
यस्तै, पोर्चुगलसँगै स्पेनिस ला लिगा समेत जुन १२ बाट सुरु गर्ने तयारी छ । ला लिगाका अध्यक्ष जाभिर ताबासले लिग फुटबल चाँडै सुरु गर्ने बिषयमा गृहकार्य भईरहेको बताएका छन् । युरोपका अधिकांश अबरुद्ध लिग सुरु गर्न गृहकार्य भईरहेको छ । बुन्डेशलिगा यसै हप्ता सुरु हुदैछ ।
वि.सं.२०७७ वैशाख ३१ बुधवार १२:१६



















