जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने, बन्द रंगशालामा दर्शक बिना खेलाइने
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०८:४२
1.3K
shares
एजेन्सीः कोरोना भाइरसका कारण स्थगित जर्मन बुन्डेस लिगा फुटबल यसै महिनाबाट सुचारु हुने भएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले बुन्डेस लिगा यसै महिनाबाट सुचारु हुने पुष्टि गरेसंगै जर्मन फुटबल लिगले मिति घोषणा गर्ने बताएको छ ।
लिगका बाँकी खेल बन्द रंगशालामा दर्शक बिना खेलाइने छ । गत मार्चबाट जर्मनीको लिग स्थगित गरिएको थियो । कोरोना महामारी कम हुँदै गएपछि लिग फेरि गर्ने तयारी गरिएको हो । योसँगै महामारीका कारण स्थगित लिग सुचारु हुने बुन्डेस लिगा पहिलो लिग हुने भएको छ । यो सिजन ५५ अंक सहित वायर्न म्युनिख शीर्ष स्थानमा छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५१ अंक छ ।
वि.सं.२०७७ वैशाख २५ बिहीवार ०८:४२



















