इटालियन सिरी ए क्लबहरुका लागि प्रशिक्षण अनुमति
वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:४७
1.3K
shares
एजेन्सीः इटालियन सरकारले शिर्ष डिभिजन लिग फुटबल सिरी ए क्लबहरुका लागि प्रशिक्षण अनुमति दिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण रोकिएको लिग फेरि सुरु गर्ने तयारीका लागि सरकारले व्यक्तिगत अभ्यासका लागि अनुमति दिएको हो ।
सिरी ए गत मार्च महिनामा स्थगित भएको थियो । इटालीमा भयावह बनेर फेलिएको कोरोनाको संकट समाधान नभए सम्म फुटबल गतिविधि रोक्न सरकारले कडा निर्देशन दिएको थियो । खेलकुद मन्त्री भिनसेन्जो स्पाडाफोराको निर्णय अनुसार सरकारले सिरी ए प्रशिक्षण मे ४ बाट खेलाडीहरुबीच सामाजिक दुरी कायम राखेर सञ्चालनमा ल्याउने छ । सबै टोलीको सहभागितामा हुने प्रशिक्षण भने अबको २ हप्ता पछि मात्र हुनेछ ।
टोलीहरुले प्रशिक्षण सुरु गरेता पनि लिग कहिलेबाट सुरु हुने भन्ने अझै टुङो लागेको छैन । सिरी ए माअब कुल १२ चरणका खेल बाँकी छन् ।
वि.सं.२०७७ वैशाख २३ मंगलवार १०:४७




















