YouTube Link

कोरोना महामारीका कारण नेपाल क्रिकेट संघको गतिविधि प्रभावित

World Cup 2026
Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण सबै खेलकुद गतिविधि ठप्प छन् । महामारीका कारण नेपाल क्रिकेट संघ (क्यान) को गतिविधि पनि प्रभावित बनेको छ । ७ महिना अघिमात्र ससर्त निलम्बन फुकुवा भएको क्यान यतिबेला पर्ख र हेरको अवस्थामा पुगेको छ । कोरोनाको कारण क्यान काम विहिन बनेको छ ।

डिभिजन-२ अन्तर्गत नेपालमा ओमान र अमेरिका सहितको एकदिवसिय त्रिकोणात्मक श्रृङखला घरेलु मैदानमा भएपछि नेपाली खेलाडीले कुनै प्रतियोगिता खेलेका छैनन् । उनीहरुले अभ्यासका लागि पनि उपयुक्त मौका पाएका छैनन् । क्यानले बार्षिक क्यालेन्डर बनाएको छ । त्यसलाई लागू गर्न पनि कोरोना बाधक बनेको छ । नयाँ प्रशिक्षक ल्याउने बिषयले पनि पूर्णता पाएको छैन ।

नेपाली क्रिकेटमा क्यानप्रति धेरैको धारणा नकारात्मक रहँदै आएको छ । तर पनि अनतराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निलम्बन फुकुवा गरेपछि क्यानले नेपाली क्रिकेटको विकासमा महत्वपुर्ण योगदान दिने कतिपयको बुझाई थियो । निलम्वन फुकुवापछि क्यान कामको सुरुवाती चरणमा थियो कोरोनाले क्यान पुनः काम विहिन बनेको छ । यो अवस्था लामो समय कायम रहे क्यानले ठुलो क्षती व्यहोर्नुपर्ने छ ।

लकडाउन अगाडि क्यानले केहि महत्वपुर्ण कामहरु गरेको थियो । क्यानले बजेट तयार पारेका थियो र त्यसलाई अघि बढाउने योजना गरेको थियो । केही सिरिजको योजना पनि बनाएको थियो । महिला क्रिकेटका लागि केही नयाँ कार्यक्रम बनेका थिए भने अहिले कोरोना भाइरस संक्रमणका कारण कुनैपनि बिषय अघि बढेका छैनन ।

नेपालमा धेरै टि-२० लिगहरु निजि क्षेत्रबाट सञ्चालन हुने भएकोले क्यानले आफ्नो बार्षिक क्यालेण्डरमा घरेलु टि-२० समावेश गरेको छैन । दुई दिवशिय श्रृङखलालाई क्यानले महतव दिएको छ । क्यानले नेपाली क्रिकेटको कमजोर ब्याटिङलाई सुधार मिलोस् भनेर दुई दिवशियलाई महत्वपुर्ण रुपमा अघि सार्ने लक्ष्य बनाएको छ । यसले केहि हदसम्म ब्याटिङको समस्या समाधान हुने क्यानको बुझाई छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...