कोरोना संक्रमणसँगै टोटनह्यामको प्रशिक्षण सुरु
वि.सं.२०७७ वैशाख १७ बुधवार ११:२३
1.3K
shares
एजेन्सीः प्रिमियर लिग क्लब टोटेनहमले प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस संक्रमणसँगै टोटनह्यामले रोकिएको अभ्यास शुरु गरेको छ । कोरोनापछि रोकिएको अभ्यासमा क्लबले सामाजिक दूरी कायम राख्ने र खेलाडीलाई सुरक्षित रुपमा अभ्यास गराउने तयारी मिलाएको छ ।
खेलाडीहरुले टोटनह्यामको ट्रेनिङ सेन्टरमा ब्यक्तिगत रुपमा मात्र अभ्यास गर्ने मौका पाएका हुन् । पहिलो दिनको प्रशिक्षणमा केही शिर्ष खेलाडी समेत देखा परेको क्लबले उल्लेख गरेको छ । स्थानिय सरकारसँगको अनुमतिमा क्लबले प्रशिक्षणको माहौल मिलाएको हो । यसअघि टोटनह्यामले खेलाडीलाई घरमै अभ्यास गर्न कडा निर्देशन दिएको थियो ।
कोरोनाको कारण रोकिएको प्रिमियर लिग सकेसम्म चाँडै सुरु हुने आशाका साथमा टोटनह्यामले अभ्यास थालेको जनाएको छ । लिग कमिटिले आगामी जुनको पहिलो साताबाट लिग गर्ने योजना बनाएको छ ।
वि.सं.२०७७ वैशाख १७ बुधवार ११:२३



















